वरिष्ठ लोक गायक तथा संगीतकार रत्न बेहोसीको निधन

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २२ असोज । रचनाकार, सङ्गीतकार, लोकगायक तथा नाटककार रत्न बेहोसी (रत्न बज्राचार्य)को निधन भएको छ ।नेपाली तथा नेपालभाषाको गीत-सङ्गीत क्षेत्रमा लामो समयसम्म योगदान पुर्याएका बेहोसीको बुधबार ९१ वर्षको उमेरमा निधन भएको नेवाः पत्रकार दवूका पूर्वअध्यक्ष एवम् सञ्चारकर्मी सुरजवीर बज्राचार्यले जानकारी दिए ।

नेपाली तथा नेपालभाषा (नेवारी) गीत–सङ्गीत क्षेत्रमा छ दशकभन्दा बढी समय योगदान पुर्याएका बेहोसी गायन, सङ्गीत सिर्जना, रचना तथा नाटक क्षेत्रमा सक्रिय थिए । उनलाई नेपाली र नेपालभाषाको सङ्गीत क्षेत्रका धरोहरका रूपमा स्मरण गरिन्छ ।
विसं २०१३ मा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरी त्यही दिन प्रत्यक्ष प्रसारणमा गीत गाउने सौभाग्य प्राप्त गर्ने अग्रणी गायकमध्ये उनी एक थिए । कुल १७ जना प्रतिस्पर्धीमध्ये एकल गायकका रूपमा छनोट भएपछि उनको यात्रा नेपाली रेडियो सङ्गीतको प्रारम्भिक इतिहाससँग जोडिएको महत्वपूर्ण अध्यायका रुपमा रहेको छ ।
उनका चर्चित गीतहरूमध्ये ‘मलाई मेरो देशको सिन्दूर लाउन मन छ’ (भारती उपाध्यायसँग) र तीर्थकुमारी थापासँग गाएको नेपालभाषाको चर्चित गीत ‘सु मदुगु ताक स्वया वा’ निकै लोकप्रिय छन् ।

पाटनको भिन्छबहालमा हुर्किएका र भोलढोका बस्दै आएका बेहोसीका दुई छोराहरु आनन्द र चेतन तथा छोरी मुनु बज्राचार्य छन् । स्वर्गीय बज्राचार्यको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्यसअघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि त्यागलस्थित नेपाल भाषा मंका खलःमा राखिएको थियोे ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...