पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राख्न मुख्यमन्त्रीको निर्देशन

Date:

Share post:

Suryabinayak Nagarpalika

हेटौँडा, २२ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्‌मा प्रभावितको उद्धार र राहतपछि पुनर्स्थापना तथा पुनर्निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्न निर्देशन दिएका छन् । मुख्यमन्त्री कार्यालयमा बिहीबार बागमती प्रदेशको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयगत विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मुख्यमन्त्री थापाले विपद्पछिको पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न सरकारका तर्फबाट प्रतिबद्धता समेत जनाए ।

प्रदेशमा भएको विपद्का कारण ठुलो धनजनको क्षति हुनुका साथै धेरै नागरिक बेपत्ता भएको भन्दै उनले बेपत्ता व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति प्रक्रिया अघि बढाउन सङ्घीय सरकारबाट भएको निर्णय अनुसार अघि बढ्न निर्देशन दिएका हुन् । ‘उद्धार, उपचार र खाद्यान्न वितरणको काम सम्पन्न भइसकेको छ । अब आन्तरिक मामिला मन्त्रालयको संयोजकत्वमा पुनर्स्थापना र पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ’ मुख्यमन्त्री थापाको भनाइ छ ।

बजेटको सीमा रहेकाले विपद् प्रभावित क्षेत्रको पुनर्स्थापनाका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न अन्य मन्त्रालयका गैरप्राथमिक कार्यक्रम तथा बजेट कटौती गरेर प्रभावित क्षेत्रमा परिचालन गर्न सकिने मुख्यमन्त्री थापाको भनाइ छ ।
‘बजेटको सीमा छ, त्यसैले गैरप्राथमिक कार्यक्रम वा बजेट कटौती गरेर भए पनि विपद् प्रभावित क्षेत्रको पुनर्स्थापनामा स्रोत परिचालन गर्नुपर्छ’ उनको भनाइ छ । मुख्यमन्त्री थापाले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने विषयलाई पनि प्राथमिकतामा राख्न निर्देशन दिएका छन् । ‘सहकारी सञ्चालक वा कसैको दबाब र प्रभावमा नपरी कानुनअनुसार निर्धक्क भएर काम गर्नुपर्छ। बचतकर्ताको रकम फिर्ता गराउने विषयमा सरकार गम्भीर छ’ मुख्यमन्त्री थापाले भनाइ छ । बैठकमा मुख्यमन्त्री थापाले चाडपर्वको समयमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको चापलाई ध्यानमा राख्दै चोरी, डकैती नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन निर्देशन दिएका छन् ।

आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका सचिव महेश भट्टराईको अध्यक्षतामा बसेको बैठकमा प्रदेश नीति तथा योजना आयोगका सदस्य डा‍.दीपकविक्रम थापा क्षेत्री, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दीपक रेग्मी, सञ्चार रजिस्ट्रार रेवती सापकोटा, सशस्त्र प्रहरीका डीएसपी प्रकाश पौडेललगायतको सहभागिता रहेको थियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...