सरकार र नेतृत्व परिवर्तन हुँदैमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मूल्य परिवर्तन हुनु हुँदैन: मुख्यमन्त्री थापा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ११ मंसिर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकार र नेतृत्व परिवर्तन हुँदैमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मूल्य परिवर्तन हुन नहुने बताएका छन्। सञ्चारमाध्यमलाई सरकारको पक्षमा उभ्याउनेभन्दा स्वतन्त्र, व्यावसायिक र आर्थिक रूपमा सक्षम बनाउने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

शुक्रबार काभ्रेको बनेपामा मदानी बिट मिडिया प्रालिको चौथो वार्षिकोत्सवमा सम्बोधन गर्दै मुख्यमन्त्री मगरले सरकार अस्थायी भए पनि लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रता स्थायी हुनुपर्ने बताए। ‘सरकार परिवर्तन हुन सक्छ, नेतृत्व परिवर्तन हुन सक्छ, राजनीतिक परिस्थिति परिवर्तन हुन सक्छ तर प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको मूल्य परिवर्तन हुन सक्दैन,’ उनले भने, ‘हामीलाई सरकारको प्रशंसा गर्ने सञ्चारमाध्यम मात्र होइन, सरकारलाई प्रश्न गर्न सक्ने स्वतन्त्र सञ्चारमाध्यम चाहिएको छ।’ सरकारका राम्रा काम जनतासम्म पुर्‍याउनु सञ्चार माध्यमको भूमिका भए पनि कमजोरी, ढिलासुस्ती र गल्ती उजागर गर्नु पत्रकारिताको उत्तिकै महत्त्वपूर्ण जिम्मेवारी भएको उनले बताए। सरकारको आलोचना गर्ने पत्रकार पनि लोकतन्त्रका महत्त्वपूर्ण साझेदार भएको उनको भनाइ थियो।

स्थानीय सञ्चार माध्यम आर्थिक संकटबाट गुज्रिरहेको र पत्रकारले नियमित पारिश्रमिकसमेत नपाउने अवस्था रहेको उल्लेख गर्दै उनले स्थानीय मिडियाको संस्थागत क्षमता, प्रविधि र आर्थिक दिगोपनाका लागि सहकार्यका कार्यक्रम अघि बढाउने बताए। समाचार संकलनका क्रममा पत्रकारमाथि हुने धम्की, दबाब, दुर्व्यवहार र आक्रमण अस्वीकार्य रहेको बताउँदै उनले पत्रकारको पेसागत सुरक्षा तथा श्रम अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए। न्यूनतम पारिश्रमिक, नियमित तलब, दुर्घटना तथा स्वास्थ्य बीमा र सामाजिक सुरक्षाको जिम्मेवारी सञ्चार संस्थाले पनि लिनुपर्ने उनको भनाइ छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मातृभूमि र काठमाडौं जेयिभर्स फाइनलमा

काठमाडौं, १२ मंसिर । मातृभूमि र काठमाडौं जेयिभर्स शनिबार १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा...

सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अरनिको माविलाई

भक्तपुर, १२ मंसिर । सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तेश्रो पटक अरनिको माविले जितेको छ । सूर्यविनायक...

नारायण-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने

काठमाडौं, १२ मंसिर । नारायणगढ-मुग्लिङ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सवारी आवागमन...

‘मध्यपुर थिमि खेलकुद महोत्सव-२०८३’ आयोजना गर्दै

भक्तपुर, ११ मंसिर । मध्यपुर थिमि नगरपालिकाले खेलकुदको माध्यमबाट स्थानीय प्रतिभाको पहिचान, विकास तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...