सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अरनिको माविलाई

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १२ मंसिर । सूर्यविनायक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तेश्रो पटक अरनिको माविले जितेको छ । सूर्यविनायक नगरपालिका चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेसंगै वडा नं. ४ गाम्चास्थित अरनिको माध्यमिक विद्यालयले लगातार तेश्रो पटक उपाधि जितेको हो ।
अरनिको माध्यमिक विद्यालय १६ स्वर्ण, १३ रजत र ७ कास्य पदकसहित विजेता बनेको हो । सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा कुलमाया भगवती माध्यमिक विद्यालयले ८ स्वर्ण, ४ रजत र ५ कास्य पदक जित्दै दोस्रो स्थान हासिल गरेको छ ।

त्यस्तै, मिड भ्याली स्कुलले ८ स्वर्ण, ४ रजत र २ कास्य पदकसहित तेस्रो स्थान हांसिल गर्न सफल भएको छ । सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले विजेता अरनिको माध्यमिक विद्यालयलाई ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे । त्यसैगरी, नगर प्रमुख थापाले दोस्रो हुने कुलमाया भगवती माध्यमिक विद्यालयलाई ३० हजार रुपैयाँ र तेस्रो भएको मिड भ्याली स्कुललई २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरे ।
समापन कार्यक्रमलाई सम्बोधनगर्दै नगर प्रमुख थापाले आजका साना विद्यार्थी भोलीका राष्ट्रका कर्णाधार भएको बताउदै खेलकुदका माध्यमबाट मुलुकलाई अनुसाशित र विकासित बनाउँन सकिने बताए । नगरपालिकाले खेलकूदलाई प्राथमिक्तामा राखेर काम गरेकै कारण नगरक्षेत्रका खेलाडीले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमासमेत नाम राख्न सकेको नगर प्रमुख थापाको भनाई छ ।

सूर्यविनायक नगरपालिकाको सबै वडामा एक वडा एक खेल मैदान बनाउने अभियान शुरु गरेको बताउँदै नगर प्रम्ुख थापाले खेलकुदको विकासका नगरपालिकाले यसवर्ष एक करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए ।
नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले यसवर्षको प्रतियोगितामा करिब ४० विद्यालयका नौ सय खेलाडीको सहभागिता रहेको जानकारी दिए । प्रतियोगितामा भलिबल, कराते, एथलेटिक्स, तेक्वान्दो र कबड्डी लगायतका सातवटा खेल समावेश गरिएका थिए ।

नगरपालिकाका विभिन्न ६ स्थानमा सञ्चालन भएको प्रतियोगिताको शुभारम्भ नगरप्रमुख बासुदेव थापाले वडा नं. ६ स्थित बनाचौर खेलमैदानमा गरेका थिए । उद्घाटनका अवसरमा भएको स्काउट मार्चपासमा मनोरम इङ्गलिस बोर्डिङ स्कुल प्रथम, मोर्डन बोर्डिङ इङ्गलिस स्कुल द्वितीय र सुवर्णेश्वर आधारभूत विद्यालय तृतीय भएका थिए।
कार्यक्रममा डा नं. ७ का वडाध्यक्ष नगर प्रवक्ता रवीन्द्र सापकोटा, वडाध्यक्ष लछुराम न्यौपाने, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतलगायत विभिन्न वडाका वडाध्यक्ष तथा जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

मातृभूमि र काठमाडौं जेयिभर्स फाइनलमा

काठमाडौं, १२ मंसिर । मातृभूमि र काठमाडौं जेयिभर्स शनिबार १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा...

नारायण-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने

काठमाडौं, १२ मंसिर । नारायणगढ-मुग्लिङ सडक खण्डअन्तर्गत तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सवारी आवागमन...

‘मध्यपुर थिमि खेलकुद महोत्सव-२०८३’ आयोजना गर्दै

भक्तपुर, ११ मंसिर । मध्यपुर थिमि नगरपालिकाले खेलकुदको माध्यमबाट स्थानीय प्रतिभाको पहिचान, विकास तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

रसुवा बाढी पीडित बालबालिकालाई मासिक १७ हजार ५ सय दिइने

काठमाडौं, ११ मंसिर । सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका-५...