राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेताहरू सम्मानित

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २२ असोज । सूर्यविनायक नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरेको छ। नगरपालिकाको खेलकुद विकास शाखाले आयोजना गरेको कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेका छन् ।

कराँते, तेक्वान्दो, आईटीएफ तेक्वान्दो, फुटबल, साभाते, रग्बी, भारोत्तोलन, भलिबल, शारीरिक सुगठन, कबड्डी र हक्कीसहित विभिन्न विधाका खेलाडी तथा प्रशिक्षक सम्मानित भएका छन्।
कराँतेतर्फ साफ च्याम्पियनसिपका स्वर्ण पदक विजेता रामशरण त्वात तथा अन्तर्राष्ट्रिय पदक विजेता सन्ध्या नगरकोटी, समीक्षा नगरकोटी र सञ्जु नगरकोटी सम्मानित भए। उत्कृष्ट प्रशिक्षकका रूपमा विक्रम लामालाई सम्मान गरिएको छ। तेक्वान्दो तथा आईटीएफतर्फ अन्तर्राष्ट्रिय पदक विजेता वैभवी सापकोटा र प्रभुराम केसी सम्मानित हुँदा शेरबहादुर थापा मगरलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ।

फुटबलतर्फ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता गंगाराम देउजा तथा ग्रासरुटतर्फ ६-१० वर्ष उमेर समूहका उत्कृष्ट खेलाडी शिवम् केसी र ११-१६ वर्ष समूहका पुजन हिङ्ङजु सम्मानित भए। साभातेबाट अन्तर्राष्ट्रिय पदक दिलाउने बसिल त्वायना, एकिन कासुला, आरती सिलवाल र प्रभुराम केसीलाई पनि सम्मान गरिएको छ। रग्बीतर्फ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता निरोज कार्की र विवस बासु तथा साफ गेम्समा भारोत्तोलनतर्फ पदक विजेता लक्ष्मी बन सम्मानित भए।

त्यस्तै, भलिबलतर्फ रुपककुमार विष्ट, शारीरिक सुगठनतर्फ अन्तर्राष्ट्रिय पदक विजेता सनम मुलगुठी, कबड्डीतर्फ राष्ट्रिय पदक विजेता रुपक भुजु र हक्कीतर्फ राम ढुङ्गानालाई सम्मान गरिएको छ। खेलकुद क्षेत्रमा उत्कृष्ट विद्यालयका रूपमा अरनिको माध्यमिक विद्यालयलाई पनि सम्मान गरिएको छ।
नगर खेलकुद विकास समितिका सदस्य-सचिव दीपक थापाले नगरभित्र खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान कार्यक्रम आयोजना गरिएको बताए। उनले खेलकुद क्षेत्रलाई प्राथमिकता दिँदै नगरका प्रतिभावान खेलाडीलाई निरन्तर प्रोत्साहन र अवसर प्रदान गरिने बताए।

तस्बिर : दिपक थापा

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...