क्रोधकला शिरोमणि कालु कुमालेको देहावसान, ललितकला प्रज्ञा-प्रतिष्ठानमा श्रद्धाञ्जली

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०७ असोज । ललितकला प्रज्ञा प्रतिष्ठानमा अग्रज कलाकार तथा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका मानार्थ सदस्य क्रोधकला शिरोमणि कालु कुमालेको पार्थिव शरीरमा बुधबार नक्सालस्थित नेपाल  राष्ट्रिय झन्डा ओढेर राष्ट्रिय सम्मानका साथ श्रद्धाञ्जली अर्पण गरिएको छ । कुमालेको पार्थिव शरीरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल (गनेस) र रास्वपा प्रवक्ता जगदीश  खरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धा अर्पण गरेका छन् ।

वि.सं. १९९० जेठ २७ गते जन्मिएका कुमालेको ९४  वर्षको उमेरमा २०८३ असोज ०६ गते निधन भएको हो। पारिवारिक स्रोतका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार जावलाखेलस्थित सुमेरु सिटी अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । कुमालेलाई जीवित सम्पदाका रूपमा सम्मानित गर्न अभौतिक सम्पदा सम्बन्धि ऐन निर्माणको प्रक्रिया र कार्यविधि अगाडि बढिरहेको समयमै क्रोधकला शिरोमणिको देहावसान भएकोप्रति प्रवक्ता खरेल र मन्त्री पौडेलले गहिरो शोक व्यक्त गरे। क्रोधकला शिरोमणिलाई जीवित सम्पदाको रूपमा घोषणा गर्ने प्रक्रिया अगाडि बढ्नु नै आफैमा सम्मान रहेको बताउँदै मन्त्री पौडेलले कुमालेले सिर्जना गरेका कला सिर्जनालाई चीरकालसम्म संरक्षण गरेर राख्नु सबैको दायित्व रहेको बताएका छन् । प्रवक्ता खरेलका अनुसार कुमालेको नाममा नेपाल सरकारले हुलाक टिकट निकाल्ने प्रक्रिया समेत अगाडि बढाएको छ । उनको आज नै बालकुमारीमा अन्तिस संस्कार गरिनेछ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...