मध्यपुर थिमिका जीवित सांस्कृतिक धरोहर श्रीगोपाल प्रजापतिको निधन

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ७ असाेज। मध्यपुर थिमिको मौलिक कला, संस्कृति, परम्परा तथा अमूर्त सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याएका श्रीगोपाल प्रजापति ‘बा:’ को ९५ वर्षको उमेरमा निधन भएको छ। उनको बुधबार नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा उपचारकाे क्रममा निधन भएको हो।

वि.सं. १९८७ साल पुस शुक्ल द्वादशीका दिन जन्मिएका प्रजापतिले जीवनको अन्तिम समयसम्म पनि नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा सक्रिय रहे । प्रजापति भैरव नाच, महाँकाली नाच, अष्टमात्रिका नाच, भष्मासुर, लाखें, ज्यापु-ज्यापुनीलगायत दर्जनौँ परम्परागत नृत्यका ज्ञाता तथा गुरु थिए । उनले नयाँ पुस्तालाई मौलिक नृत्य तथा सांस्कृतिक परम्परा सिकाउँदै यसको पुस्तान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

परम्परागत नृत्यसँगै धिमे, मृदङ, दाफाखिं, धाँ लगायतका मौलिक बाजा तथा हार्मोनियम, बाँसुरी र तबला बजाउनसमेत उनको विशेष दख्खल थियो। उनका लागि बाजा, नृत्य र संस्कृति एकअर्काका परिपूरक थिए। मध्यपुर थिमिको कला, संस्कृति, मौलिक परम्परा र अमूर्त सम्पदा संरक्षणमा श्रीगोपाल प्रजापतिले पुर्‍याएको योगदान सधैँ स्मरणीय रहने स्थानीयले बताएका छन्। उनको निधनले मध्यपुर थिमिको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको मध्यपुर थिमी नगरउप-प्रमुख विजयकृष्ण श्रेष्ठले बताए । ‘श्रीगोपाल प्रजापतिको महाप्रस्थानले समग्र मध्यपुर थिमि शोकाकुल बनेको छ। ​सांस्कृतिक सम्पदाको संरक्षण र संवर्धनमा उहाँले पुर्‍याउनुभएको योगदान चिरस्मरणीय रहनेछ,’ उनले भन्छन्,’हाम्रा अमूर्त सम्पदालाई जीवन्त बनाउन उहाँले आफ्नो सम्पूर्ण जीवन समर्पित गर्नुभयो। उहाँ आज भौतिक रूपमा हामीमाझ नरहनुभए पनि धिमे, धाँ, मादल, बाँसुरी र विभिन्न बाजाका मधुर धुनहरूले उहाँलाई सधैँ सम्झाइरहनेछन्।’

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...