१८ वर्ष कैद सजाय कायम भएका फरार कैदी पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ० ७ असोज । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय कायम भएका फरार कैदी पक्राउ परेका छन् । प्रहरीका अनुसार १८ वर्ष कैद  सजाय ठहर भई २०८२ वैशाख २४ गतेदेखि नख्खु कारागार ललितपुरमा कैद भुक्तान गरिरहेको र जेन-जी आन्दोलनको क्रममा २०८२ भदौ २४ गते फरार सिन्धुपाल्चोक पाँचपोखरी थाङ्‌पाल गाँउपालिका-७ बस्ने २६ वर्षीय आर्यन पुरी पक्राउ परेका हुन् ।

उनी जबरजस्ती करणी मुद्दामा १७ बर्ष ७ महिना कैद भुक्तान गर्न बाँकी रहेकै अवस्थामा नख्खु कारागारबाट फरार रहेका थिए । पुरीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले मंगलबार काभ्रेको मन्डनदेउपुर नगरपालिका-८ कुन्ताबेशीबाट पक्राउ गरेको र कैद भुक्तानका लागि नख्खु कारागार कार्यालय नख्खुमा पेश गरिएको जनाएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...