सात बालकथा पुस्तक सार्वजनिक

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १० साउन । बालकथा मार्फत सिमान्त आवाज र पहुँचलाई अभिवृद्धि गर्ने उद्देश्यले लेखिएका सात बाल पुस्तक सार्वजनिक भएको छ । आइतबार नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमा, अग्रज बाल साहित्यकार गंगा कर्माचार्य, कलाकार तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्य, बाल साहित्यकार तथा समीक्षक प्रमोद प्रधान, अधिकारकर्मी गौरी नेपाली, पुस्तकका लेखकहरु लगायतले सात पुस्तकको विमोचन गरेका हुन् ।

पत्रकार सुशीला तामाङको संयोजनमा सञ्चालित ब्रिटिस काउन्सिलको लैङ्गिता सम्बन्धि कला कार्यक्रम ‘जेन्डर आर्टस् : इक्वेल टुगेदर २०२५’ अन्तर्गत ‘अपराजिता कथा परियोजना’मा संयोजक तामाङको ‘आइतीको बिहे’, बिना थिङको ‘नामको कथा’, हंसावती कुर्मीको ‘इन्द्रेणी’, शान्ति सापकोटाको ‘मितिनी’, संजोग ठकुरीको ‘ममीघर’, अस्मिता वादीको ‘हैतमाको हिम्मत’ र संगीता उराँवको ‘सुर्जीको उज्यालो’ बालकथाका पुस्तकहरु सिर्जना भएका छन् । परियोजनामा बाल वाङ्गमय तथा अनुसन्धान केन्द्र र हामी दाजुभाइ संस्थाहरुले समेत सहकार्य गरेका छन् । बालकथाका पुस्तकहरुमा चित्रकारहरु रविन्द्र मानन्धर, अनामिका गौतम र प्रज्वल थापामगरले चित्र सिर्जना गरेका छन् ।

बाल साहित्यमार्फत बालिका सशक्तिकरण, लैङ्गिक समानता, विकास र समाजमा विद्यमान छोरा र छोरीबिचको विभेद, जातिय, वर्गीय एवं सांस्कृतिक विभेदलाई कमी गर्न सकिन्छ कि भन्ने यस परियोजनाको मुख्य लक्ष्य हो । सिमान्तकृत समुदायलाई दयाको भाव भन्दा पनि उनीहरुको शक्तिलाई केन्द्रमा कथामार्फत ल्याउन कथाकारहरुले जमर्को गरेका छन् । कथाहरुमा उनीहरुको सांस्कृतिक तथा सामाजिक जीवनका पक्ष, अनुभव र अभ्यासहरु समेटिएका छन् ।

कार्यक्रममा शिक्षाविद् माथेमाले लामा वाक्यका पुस्तक पनि बालबालिकालाई पढाएर बौद्धिक क्षमता विकासमा सहयोग गर्नुपर्ने बताए । जसले पढ्छ, उसको ज्ञानको क्षितिज फराकिलो हुने भएकाले त्यसतर्फ बालबालिकालाई अग्रसर गराउनुपर्नेमा माथेमाको जोड थियो । बाल कथाहरुमा लैङ्गिताको सवाल र सिमान्तकृत समुदायको आवाजलाई बिस्तारै उठान गर्ने क्रम बढेको सुनाउँदै बाल कथाले सर्जकहरुले यसलाई फराकिलो बनाउनु पर्ने संयोजक तामाङले बताइन् । ‘प्रत्येक समुदायको आ-आफ्नो भोगाइ, सामाजिक तथा सांस्कृतिक जीवनका अनुभव, संघर्ष र अभ्यासहरु छन्’, तामाङले भनिन्, ‘सात वटा बाल कथाहरुमा हामीले थोरै भएपनि समेट्ने प्रयास गरेका छौं । प्रत्येक सर्जकहरु समुदायभित्र छिर्न जरुरी छ । तब मात्र समानता, विविधता र समावेशीकरणको मुद्दालाई साहित्यमार्फत सम्बोधन गर्न सकिन्छ ।’
सात वटा कथाहरुको समिक्षा गर्दै अभियन्ता नेपालीले नैतिकता र आदर्श बाल कथाहरु सिर्जना भैरहेको परम्परागत लेखन शैलीभन्दा फरक रूपमा समाजको वास्तविक चित्र कथाहरूमा प्रस्तुत गरिएको बताइन् । उनका अनुसार मुख्य पात्र पुरुष बनाएर विवेदकारी कथाहरु सिर्जना भैररहेका छन् । सात वटा कथाहरुले सिमान्तकृत, पितृसत्तात्मक, समाजका आम मानिसको अभ्यास, अनुभवहरुमा प्रश्न गरेको छ ।
व्यक्तिहरुको आफ्नै कथा हो जस्तो लाग्छ । यी कथाहरू समाजको उच्च व्यक्तिको होइन । समाजले पिधमा पारेको व्यक्तिहरुको कथा हो ।’ उनले पुस्तकहरु बालबालिका मात्र नभएर वयस्कहरुका लागि पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताइन् ।
पुस्तक माथि आफ्नो धारणा राख्दै बाल साहित्यकार प्रधान, कर्माचार्य, प्रा डा तारानिधि भट्टराई , ब्रिटिश काउन्सिलको जेन्डर आर्टस् : इक्वेल टुगेदर २०२५’ का निर्देशक युक्ता बज्राचार्य, लेखक बिना थिङ, चित्रकार अनामिका गौतम लगायतकाले पुस्तकहरुले बाल साहित्यको क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

त्रिविको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा पक्राउ

काठमाडौं, १० साउन । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अगावै बाहिर ल्याएको आरोपमा प्रहरीले...

काठमाडौंमा २४ वर्षपछि दिपंकर वुद्धको शोभायात्रा हुने 

काठमाडौं । हरेक १२ वर्षमा हुनु पर्ने तर, २४ वर्षसम्म हुन नसकेको सम्यक महादानको स्मरण गराउन (गुरुपर्णिमा) साउन...

पत्रकार किलम्बु ‘हरिलाल-श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत

भक्तपुर, १० साउन । पत्रकार नारायणसुन्दर किलम्बु ‘हरिलाल-श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । नेवाः पत्रकार...

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं, ०९ साउन । काठमाडौं तारकेश्वर नगरपालिकामा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेकी छन् । तारकेश्वर...