काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८ वर्षीय रोशन पाख्रिनको हत्या भएको हो । रोशनको हत्या आरोपमा प्रहरीले सिन्धुलीकै १९ वर्षीया रुपेश पाख्रिनलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार, मंगलबार राति दुईजनाबीच झगडा हुँदा रोशनको हत्या भएको थियो ।
उनको हत्यामा संलग्न रहेको अरोपमा प्रहरीले राति नै रुपेशलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको एसपी थापाले बताए । हत्यामा संलग्न रहेको आरोपमा अन्य तीनजनामाथि समेत सोधपुछ भइरहेको छ । उनीहरूलाई समेत प्रहरीको नियन्त्रणमा राखिएको छ ।







