सुनचाँदीको मूल्य घट्यो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको मूल्य घटेको हो । मंगलबारको तुलनामा बुधबार (असोज २८) छापावाल सुनको मूल्य २ हजार ७०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ५०० रुपैयाँमा झरेको छ । मंगलबार २ हजार २०० रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा झरेको थियो ।
सोमबार २ हजार १०० रुपैयाँले घटेर २ लाख ९४ हजार ४०० रुपैयाँमा झरेको सुनको मूल्य आइतबार भने ८०० रुपैयाँले बढेर २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य १०० रुपैयाँले घटेर ४ हजार २५५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य ६० रुपैयाँले घटेर ४ हजार ३५५ रुपैयाँ थियो । सोमबार चाँदीको मूल्य २५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँ थियो । आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेर ४ हजार ४४० रुपैयाँ थियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...

सांसद खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन सुरु, औपचारिक कार्यक्रममा सहभागी हुन रोक

काठमाडौं, २७ असोज । रास्वपाले सांसद खगेन्द्र सुनारका सम्बन्धमा सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र उनीमाथि...