त्रिविको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १० साउन । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अगावै बाहिर ल्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको अभियोगमा ३३ वर्षीय सन्दीप सिंहलाई नियन्त्रणमा लिएको हो। कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ११ घरभई भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं. १ बस्ने सिंहलाई सीआईबीको टोलीले आइतबार पक्राउ गरेको हो।

सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर ज.ब.रा. का अनुसार गत साउन ८ गते सञ्चालित त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेसनल विहेभियर’ विषयको प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहहरूमा साझा गरी गोपनीयता भङ्ग गरिएको पाइएको छ। शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा संलग्न रहेको देखिएपछि उनलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।

एमबीएस प्रथम सेमेस्टरका अन्य विषयका परीक्षाहरू अझै बाँकी रहेको सन्दर्भमा ब्यूरोले यस्ता गैरकानूनी क्रियाकलापमा संलग्न नहुन चेतावनी समेत दिएको छ। परीक्षाको मर्यादा विपरीत प्रश्नपत्र सार्वजनिक गर्ने वा त्यस्ता कार्यमा सहयोग पुर्‍याउने जो कोहीलाई कानून बमोजिम कडा कारबाही गरिने ब्यूरोले जनाएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...