रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको राहत रकम प्रदान गर्न थालिएको छ।
बाढीका कारण प्राधिकरणमा कार्यरत ४७ जना कर्मचारी सम्पर्कबिहीन भएका थिए। जसमध्ये ६ जनाको परिवारलाई तत्कालको राहत प्रदान गरिएको जनाएको छ ।

सम्पर्कबिहीन कर्मचारीका आश्रित परिवारलाई जनही ५ लाख रुपैयाँ र ६ महिनासम्म कार्यरत पदको सुरु तलबको आधा रकम उपलब्ध गराउने प्राधिकरण सञ्चालक समितिले निर्णय गरेको थियो। उक्त निर्णयअनुसार आवश्यक आधार र प्रमाणसहित निवेदन दिएका ६ जना हकवालाले राहत रकम प्राप्त गरिसकेका छन्। राहत पाउन बाँकी रहेका अन्य हकवालालाई आवश्यक कागजातसहित प्राधिकरणमा निवेदन दिन आग्रह गरिएको छ।

प्राधिकरणका अनुसार राहत रकम प्राप्त गर्न सम्पर्कबिहीन कर्मचारी र निवेदकबीचको नाता प्रमाणित हुने प्रमाणपत्र, हकवालाको नागरिकता प्रमाणपत्र तथा नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ। साथै, आफू नजिकको हकवाला भएको खुल्ने स्थानीय तहको सिफारिसपत्र, बैंक खाता नम्बर र राहत उपलब्ध गराइदिन अनुरोध गरिएको निवेदनसमेत बुझाउनुपर्नेछ।
प्राधिकरणको विनियमावली तथा सरकारले घोषणा गर्ने राहत प्याकेज अनुसार आगामी दिनमा अन्य सहयोग हुने प्राधिकरणले जनाएको छ।

फाईल फोटो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृत घोषणा गरिँदै

काठमाडौं, २४ कात्तिक । गत भदौ १० गतेको भोटेकोशी-त्रिशूली बाढीमा परेर बेपत्ता भएकामध्ये पहिलो चरणमा दुई हजार ४६५...

हेटौंडामा प्रहरी हवल्दार मृत फेला

मकवानपुर, २४ कात्तिक । हेटौंडा उपमहानगरपालिका-८ ओमनगरमा एक प्रहरी हवल्दार मृत फेला परेका छन्। मंगलबार बिहान करिब साढ...

२४ सै घण्टा देउसी-भैलो खेल्न गृहको निर्देशन

काठमाडौं, २४ कात्तिक । गृह मन्त्रालयले परम्परागत देउसी–भैलो कार्यक्रम २४ सै घण्टा सञ्चालन गर्न दिन सबै जिल्ला प्रशासन...

राजनीति अलि खलबलिएको छ : ओली

काठमाडौं, २३ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानिसको सांस्कृतिक मनोवृत्ति बिग्रँदा राजनीति समेत...