काठमाडौंमा २४ वर्षपछि दिपंकर वुद्धको शोभायात्रा हुने 

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं । हरेक १२ वर्षमा हुनु पर्ने तर, २४ वर्षसम्म हुन नसकेको सम्यक महादानको स्मरण गराउन (गुरुपर्णिमा) साउन १३ गते दिपंकर तथागत वुद्धको शोभायात्रा तथा पञ्चदान कार्यक्रम हुने भएको छ । गुरु पूर्णिमाको अवसर पारेर काठमाडौं महानगरपालिका वडा नं. २७ महावुद्ध महाविहारको प्राङ्गणमा पञ्चदान तथा दिपंकर कार्यक्रम हुुने भएको हो ।
कार्यक्रम व्यवस्थापनका लागि आयोजना गरिएको तयारी बैठकमा काठमाडौं महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोल, वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गी सहभागी भएर आफ्नो दायित्वप्रति प्रतिबद्ध रहेको बताएका छन् । यस अवसरमा काठमाडौंका विभिन्न स्थानमा रहेका महाविहार, बहाः बहीः मा रहेका ८५ जना शाक्य स्थवीर, थायपा, दिपङ्कर तथागत बुद्धहरु र जीवित देवताहरु श्रीगणेश र श्रीभैरवलाई विराजमान गराएर पञ्चदान प्रदान गर्ने कार्यक्रम रहेको महावुद्ध महाविहारका महास्थविर संघरत्न शाक्यले जानकारी दिए ।
पञ्चदान तथा दिपङ्कर शोभा यात्रा गुरूपूर्णिमाको दिन बिहान ७ बजे दिपङ्कर वुद्धहरुको आसन ग्रहणबाट सुरु हुनेछ । बिहान ९ बजेदेखि ११ बजेसम्म पञ्चदान प्रदान हुनेछ । अपरान्ह साढे १२ बजे दिपङ्कर बुद्धलाई महाबौद्ध, असन, त्योड, इनबहाल, कमिलाक्षी, भोटाहिटी हुँदै असनको डबली यात्रा गराइनेछ । यसपछि प्रारम्भ हुने पूजा बेलुका ७ बजेसम्म चल्नेछ ।
काठमाडौंका विभिन्न स्थानमा महाबिहार छन् । यसमध्ये शान्ति घट चैत्य बज्रधातु महाबिहार ठँहिटीमा, रत्न मण्डल महाबिहार नघः वहाःमा, अशोक चैत्य महाबिहार असं वहाःमा, महावुद्ध महाबिहार महाबौद्धमा, धर्मचक्र महाबिहार चधं वहाःमा, रत्नाकर महाबिहार कोँसा वहामा, कीर्तिपुण्य महाबिहार कोहिटी वहाःमा, धर्माकर महाबिहार, तोंवहाः यंगालमा, बिक्रमशील महाबिहार ओमबहालमा र कीर्तिपुण्य भुवनसुन्दर महाबिहार लगनटोलमा छ । यी महाबिहारहरु शाक्यहरुका हुन् ।
शाक्य र बज्राचार्यका संयुक्त महाबिहार पनि छन् । इतुम्बहालको केशचन्द्र पारावर्त महाबिहार, जनबहालको कनकचैत्य महाबिहार, बसन्तपुरको श्रीखण्डतरमुल महाबिहार, मखंको मखन बहाल, लगं वहाःको कीर्तिपुण्य महाबिहार र ओमबहालको ब्रह्मचक्र महाबिहार शाक्य र बज्राचार्यका संयुक्त स्थल हुन् ।
महाबिहारसँगै महानगरपालिकाभित्र १६ वटा बही छन् । चाःवहि, कोटु चावहि, अटुलखु वही, महाङ्काल वही, बिज्यास वही, खुशी वही, मरु वही, मखं वही, गण वही, त्वाः कं वही, न्हयाकं वही, सेङ्गु वही, कोटु वही, दुगं वही, नःवही काठमाडौंका बहाल हुन् ।
सम्यक महादान स्वयम्भूमा हुने गर्छ । पछिल्लो समय २०६० साल महादान भएको थियो । त्यसपछि भएको छैन । यो महादान हरेक १२ वर्षमा गर्नुपर्छ भन्ने स्मरण गराउन यस पटकको कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

पत्रकार किलम्बु ‘हरिलाल-श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत

भक्तपुर, १० साउन । पत्रकार नारायणसुन्दर किलम्बु ‘हरिलाल-श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । नेवाः पत्रकार...

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं, ०९ साउन । काठमाडौं तारकेश्वर नगरपालिकामा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेकी छन् । तारकेश्वर...

महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने

काठमाडौं, ०९ साउन । काठमाडौं महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपैयाँ लागत बराबरका अर्थोपेडिक इम्प्लान्ट उपलब्ध...

आज हरिशयनी एकादशी: घर-घरमा तुलसीको बिरुवा सारिँदै, चार महिने चतुर्मासा व्रत सुरु

काठमाडौं, ०९ साउन । सनातन वैदिक परम्परा अनुसार आज देशभर श्रद्धा र भक्तिपूर्वक हरिशयनी एकादशी मनाइँदै छ। आजकै...