पत्रकार किलम्बु ‘हरिलाल-श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, १० साउन । पत्रकार नारायणसुन्दर किलम्बु ‘हरिलाल-श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । नेवाः पत्रकार राष्ट्रिय दबूको पाँचौँ वार्षिकोत्सव तथा १२ औँ साधारणसभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य मदनकृष्ण श्रेष्ठले उनलाई सो पुरस्कार प्रदान गरेका हुन् ।
भक्तपुरको कला, संस्कृति र सम्पदाको संरक्षण तथा मुलुकको शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै किलम्बूलाई १० हजार रूपैयाँ राशिको उक्त पुरस्कार प्रदान गरिएको हो ।
राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले आफ्ना माता-पिताको सम्झनामा स्थापना गरेको सो पुरस्कार यसअघि पत्रकार कृष्ण प्रजापतिलाई प्रदान गरिएको थियो ।
उक्त अवसरमा सांसद श्रेष्ठले लोकतन्त्रमा आफ्नो जाताजाति, जात्रा, धर्म, पर्व, भाषा, संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न पाउनु संवैधानिक अधिकार भएको बताए ।
कार्यक्रममा पुरस्कृत व्यक्तित्व किलम्बूले दुई दशकदेखि कान्तिपुर टेलिभिजनमा आफूले भक्तपुरलगायत उपत्यकाका पहिचानका रुपमा रहेका जात्रा, पर्व तथा भाषा, संस्कृति र सम्पदा संरक्षणलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।
पुरस्कारका संस्थापक श्रेष्ठले पत्रकारिता क्षेत्रको महत्व उजागार गर्दै पत्रकारको योगदानको कदर गरी प्रोत्साहन गर्न पुरस्कार स्थापना गरिएको जानकारी दिए । कार्यक्रममा मध्यपुर नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकार, दबूका संस्थाक श्रीकृष्ण महर्जन, केन्द्रीय प्रतिनिधि सुरेन्द्र श्रेष्ठ र कोषाध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ, दबूका भक्तपुर अध्यक्ष रामगोपाल तमखु, चाणक्य कलेज व्यवस्थापन समितिका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठलगायतले स्थानीय भाषा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा नेपालको पत्रकारिता क्षेत्रले पुर्याएको योगदानको चर्चा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौं, ०९ साउन । काठमाडौं तारकेश्वर नगरपालिकामा एक महिला कारभित्र जलेको अवस्थामा मृत फेला परेकी छन् । तारकेश्वर...

महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने

काठमाडौं, ०९ साउन । काठमाडौं महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपैयाँ लागत बराबरका अर्थोपेडिक इम्प्लान्ट उपलब्ध...

आज हरिशयनी एकादशी: घर-घरमा तुलसीको बिरुवा सारिँदै, चार महिने चतुर्मासा व्रत सुरु

काठमाडौं, ०९ साउन । सनातन वैदिक परम्परा अनुसार आज देशभर श्रद्धा र भक्तिपूर्वक हरिशयनी एकादशी मनाइँदै छ। आजकै...

माइक्रोबसले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एकजनाको मृत्यु, ६ जना घाइते

काठमाडौं, ०९ साउन । महाराजगन्जमा माइक्रोबसले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने,...