पूर्वप्रधानमन्त्री ओली पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १४ चैत । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरीले उनलाई गुण्डुस्थित घरबाट बाहिर निकालेको छ ।
पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेपछि प्रहरी ओ‌लीलाई पक्राउ गर्न गुण्डु पुगेको थियो ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउका लागि गृह मन्त्रालय जाहेरीकर्ता बनेर पत्र पाएपछि प्रहरीले जेन-जी आन्दोलन दमन आरोपमा ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको छ ।
प्रहरीले पक्राउका लागि लिखित आदेश मागेपछि राती नै गृहसचिव राजकुमार श्रेष्ठ कानुन सचिव परासर ढुंगानालाई लिएर प्रहरी प्रधान कार्यालय पुगेका थिए ।
यो बीचमा उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबार मध्यरातिसम्म पक्राउ गर्ने विषयमा गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरुसँग छलफल गरेका थिए ।
कार्की आयोगले प्रधानमन्त्री रहेका केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरिएको थियो ।
उनीहरूलाई दफा १८१ र १८२ बमोजिम कारबाही सिफारिस गरिएको थियो । मुलुकी फौजदारी संहिताको दफा १८१ मा ‘कसैले लापरबाहीपूर्ण काम गरेर कसैको ज्यान मार्न नहुने’ कसुर छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ देखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।
दफा १८२ मा ‘हेलचक्र्याइँपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न नहुने’ भनिएको छ । यसमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने भनिएको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

काठमाडौं-भीमफेदी- कोगटे-इपा-सिस्नेरी-हेटौंडा सडकखण्डलाई दीर्घकालीन वैकल्पिक मार्गको विकास गर्ने: मुख्यमन्त्री थापामगर

काठमाडौं, १८ भदौ । काठमाडौं-हेटौंडाको आवतजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले भीमफेदी-कोगटे-इपा-सिस्नेरी सडकखण्डलाई दीर्घकालीन वैकल्पिक मार्गका रूपमा विकास...

भदौ २३ गते सार्वजनिक बिदा

काठमाडौं, १९ भदौ । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको...

भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं, १८ भदौ । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय गरेको छ...

रसुवा बाढी अपडेट : मृत्यु हुनेको संख्या १२ सय ५२ पुग्यो, ४२ सय १६ सम्पर्कबिहीन

काठमाडौं, १८ भदौ । रसुवा बाढीमा मृत्यु हुनेको संख्या एक हजार २५२ पुगेको छ । राष्ट्रिय विपद् जोखिम...