ग्यास बोकेको बुलेट र मोटरसाइकल ठोक्किएर दुर्घटना, ९ वर्षीय बालकको मृत्यु

Date:

Share post:

Suryabinayak Nagarpalika

काभ्रेपलान्चोक, ०१ कार्तिक । काभ्रेको बनेपा नगरपालिका-१३ भैँसेपाटीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल ठोक्किँदा एक बालकको मृत्यु भएको छ। दुर्घटनामा बालकका बुबा र आमा घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार, शनिबार बिहान करिब ५:३० बजे काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको एचआर ३८ एएल १६३४ नम्बरको ग्यास बोक्ने बुलेट गाडीले बागमती प्रदेश ०७१ प ७०६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकलमा सवार खोटाङ घर भएका ९ वर्षीय जुवास बुढाथोकीसहित तीन जना घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पताल लगिएको थियो। उपचारका क्रममा बिहान ६ बजे जुवासलाई चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा घाइते भएका उनका बुबा चन्द्र बुढाथोकीको अवस्था मध्यम र आमा रेणुका राईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...

सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

भक्तपुर, ३१ असोज । सूर्यविनायक नगरपालिकामा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. १० चित्तपोलले हासिल गरेको छ।...

आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका...

चिकित्सा शिक्षामा ४१८ सिट थपियो

काठमाडौं, ३१ असोज । चिकित्सा शिक्षामा चालु शैक्षिक सत्रका लागि ४१८ सिट थप गरिएको छ । शिक्षा मन्त्री...