चिकित्सा शिक्षामा ४१८ सिट थपियो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३१ असोज । चिकित्सा शिक्षामा चालु शैक्षिक सत्रका लागि ४१८ सिट थप गरिएको छ । शिक्षा मन्त्री सस्मित पोखरेलले थपिएका सबै सिट सरकारी शिक्षण संस्थालाई दिइएको बताएका छन् । मन्त्री पोखरेलले शनिबार सामाजिक सञ्जालमार्फत यस वर्ष निजी कलेजको सिट संख्या यथावत् राखेर सरकारी शिक्षण संस्थामा मात्र सिट थप गरिएको जानकारी दिएका हुन् । जेहेन्दार विद्यार्थीले कम शुल्कमा सरकारी शिक्षण संस्थामै अध्ययन गर्ने अवसर पाऊन् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको उनको भनाइ छ । थप सिटमध्ये एमबीबीएसतर्फ ११०, बीएससी नर्सिङतर्फ २१० र बीएमएसतर्फ ९८ सिट छन् ।

सुदूरपश्चिमवासीको वर्षौंदेखिको सपना पूरा गर्दै गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५० सिटसहित एमबीबीएस पढाइ सुरु हुने मन्त्री पोखरेलले बताएका छन् ।
त्यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसतर्फ ३०-३० सिट थपिएको उनले जानकारी दिएका छन् । देशमै गुणस्तरीय चिकित्सा शिक्षाको पहुँच विस्तार गरी विद्यार्थीलाई आफ्नै देशमा चिकित्सक तथा नर्स बन्ने वातावरण बनाउन सरकार क्रियाशील रहेको मन्त्री पोखरेलले बताएका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

आर्थिक कारणले पर्व कसैका लागि बोझ बन्नु हुँदैन : प्रधानमन्त्री शाह

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले आर्थिक कारणले दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्न नहुने बताएका...

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...