आयल निगमको कार्यकारी निर्देशक भट्टले चलाएको सरकारी कार डिभाइडरमा ठोक्कियो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १४ चैत । नेपाल आयल निगमको कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले शनिबार दिउँसो करिब २ बजे कलंकी चोकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको छ । शनिबार बिदाको दिन सरकारी नम्बर प्लेटकोे बा ७६५४ नम्बरको सरकारी कार लिएर निस्केका उनले डिभाइडरमा कार ठोकेपछि कलंकीस्थित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका थियो ।
कलंकीस्थित ट्राफिक कार्यालयका प्रहरी निरिक्षक राजिव बस्नेतका अनुसार दिउँसो २ बजेतिर घटना भएपछि स्थानीयले कार र चालकलाई घेरेका थिए । त्यसपछि ट्राफिक प्रहरी पुगेर चालक भट्टलाई नियन्त्रणमा लिएको हो । ‘घटना दिउँसो २ बजेतिरको हो’ बस्नेतले भने, ‘कंक्रिटको डिभाइडरमाथी कार चढेको अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।’ स्थानीयले मापद पदार्थ सेवन गरेर कार चलाएको भन्दै भट्टलाई कारबाही गर्न नाराबाजी गरेका थिए । तर, ट्राफिक प्रहरीकोे मेसिनले परिक्षण गर्दा मादक पदार्थ सेवन नगरेको पाइएको प्रहरी निरिक्षक बस्नेतले जानकारी दिए । उनका अनुसार कारको अगाडीपट्टिको भागमा ठूलो क्षति पुगेको छ ।

स्थानीय प्रत्यक्षदर्शीहरुले भने कार तिव्र गतिमा आएर डिभाइडर हानेको र लेन मिचेर भाग्न खोजेपनि भीडले घेरेर रोकेको बताएका छन् ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर, ०३ कार्तिक । हेटौँडा उपमहानगरपालिका-१ स्थित सामरीमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको...

बिपी राजमार्गमा हायस दुर्घटना ३ जना घाइते

काभ्रेपलान्चोक, ०२ कार्तिक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। झापाबाट...

पाटन दरबार क्षेत्रमा अष्टमातृका नाच प्रदर्शन

ललितपुर, ०१ असोज । ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रस्थित मूलचोकमा सांस्कृतिक तथा तान्त्रिक परम्परा बोकेको ऐतिहासिक गँः प्याखँ...

भिमफेदी बाँदरेभीरमा ईभी गाडी दुर्घटना, ११ जना घाइते

मकवानपुर, ०१ असोज । हेटौंडा-भैंसे सडकमा पर्ने भीमफेदी गाउँपालिका-१ बाँदरेभीरमा ईभी गाडी दुर्घटना हुँदा ११ जना यात्रु घाइते...