पाटन दरबार क्षेत्रमा अष्टमातृका नाच प्रदर्शन

Date:

Share post:

Suryabinayak Nagarpalika

ललितपुर, ०१ असोज । ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रस्थित मूलचोकमा सांस्कृतिक तथा तान्त्रिक परम्परा बोकेको ऐतिहासिक गँः प्याखँ अर्थात् अष्टमातृका नाच साथ प्रस्तुत गरिएको छ। नेवारी समुदायको गहिरो तान्त्रिक र धार्मिक पृष्ठभूमिसँग जोडिएको यस नाचमा विभिन्न देवीदेवताका १३ जना देवगणहरूको विशेष सहभागिता रहेको थियो।

पाटनको प्राचीन सांस्कृतिक धरोहरका रूपमा परिचित यस नाचमा सरिक हुने प्रत्येक देवगणको आ-आफ्नै छुट्टै एवं विशिष्ट तान्त्रिक मुद्रा र भावभङ्गी रहने गर्छ। परम्परागत बाजागाजा र विधिपूर्वक मूलचोकमा प्रदर्शित यस जीवन्त नाचले पाटनको समृद्ध सांस्कृतिक गरिमालाई थप उजागर गरेको छ। प्राचीनकालदेखि नै चल्दै आएको यस नाचले तान्त्रिक साधना, धार्मिक आस्था र नेवारी लोकसंस्कृतिलाई जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।मूलचोकमा अष्टमातृका नाचको दर्शन गर्न तथा यसको ऐतिहासिक शैली अवलोकन गर्न स्थानीय कलाप्रेमी, बौद्धिक व्यक्तित्वहरू तथा स्वदेशी एवम् परदेशी पर्यटकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस प्रकारका तान्त्रिक नाचहरूले पुर्खाले सुमर्पण गरेको ऐतिहासिक तथा सांस्कृतिक विरासतलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न ठूलो सहयोग पुर्‍याउँदै आएका छन्।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

भिमफेदी बाँदरेभीरमा ईभी गाडी दुर्घटना, ११ जना घाइते

मकवानपुर, ०१ असोज । हेटौंडा-भैंसे सडकमा पर्ने भीमफेदी गाउँपालिका-१ बाँदरेभीरमा ईभी गाडी दुर्घटना हुँदा ११ जना यात्रु घाइते...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त

काठमाडौं, ०१ असोज । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा...

ग्यास बोकेको बुलेट र मोटरसाइकल ठोक्किएर दुर्घटना, ९ वर्षीय बालकको मृत्यु

काभ्रेपलान्चोक, ०१ कार्तिक । काभ्रेको बनेपा नगरपालिका-१३ भैँसेपाटीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल ठोक्किँदा एक बालकको मृत्यु...

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबारको दशैँघरमा भित्र्याइयो

काठमाडौं, ३१ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय...