मकवानपुर, ०१ असोज । हेटौंडा-भैंसे सडकमा पर्ने भीमफेदी गाउँपालिका-१ बाँदरेभीरमा ईभी गाडी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट हेटौंडातर्फ आइरहेको बा.प्र०३-००१ ज ०६७४ नम्बरको गाडी भित्तामा ठोक्किएर नालामा खसेको थियो । घाइतेहरुलाई तत्कालै हेटौंडा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गाडी चालक फरार छन् ।
दुर्घटनाबाट ५ जनाको घाइते अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गम्भीर घाइते हुनेहरुमा रौतहटकी २६ वर्षीया रा चन्दा कुमारी, २३ वर्षीया शिवा कुमारी साह, ५ वर्षीय आर्यन साह, शान्तिकुमारी साह र शिवान्स साह रहेका छन् ।उनीहरुलाई उपचारका निम्ति चितवन लगिएको छ ।







