बिपी राजमार्गमा हायस दुर्घटना ३ जना घाइते

Date:

Share post:

Suryabinayak Nagarpalika

काभ्रेपलान्चोक, ०२ असोज । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। झापाबाट काठमाडौं आउँदै गरेको बा.३ ख. ८४५९ नम्बरको हायस सोमबार बिहान करिब २:२५ बजे अनियन्त्रित भई बीपी राजमार्गबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार दुर्घटनामा हायस चालक इलाम नगरपालिका-६ का ३७ वर्षीय लोकबहादुर सेन्चुरी, काभ्रेको भुम्लु गाउँपालिका-७ की २६ वर्षीया रिता आपागाईं र उनका नौ वर्षीय छोरा रितिक आपागाईं घाइते भएका छन् । उनीहरूलाई प्रहरीले उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाएको छ ।

उनका अनुसार दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भकुण्डेबेँसी र अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

पाटन दरबार क्षेत्रमा अष्टमातृका नाच प्रदर्शन

ललितपुर, ०१ असोज । ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रस्थित मूलचोकमा सांस्कृतिक तथा तान्त्रिक परम्परा बोकेको ऐतिहासिक गँः प्याखँ...

भिमफेदी बाँदरेभीरमा ईभी गाडी दुर्घटना, ११ जना घाइते

मकवानपुर, ०१ असोज । हेटौंडा-भैंसे सडकमा पर्ने भीमफेदी गाउँपालिका-१ बाँदरेभीरमा ईभी गाडी दुर्घटना हुँदा ११ जना यात्रु घाइते...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त

काठमाडौं, ०१ असोज । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा...

ग्यास बोकेको बुलेट र मोटरसाइकल ठोक्किएर दुर्घटना, ९ वर्षीय बालकको मृत्यु

काभ्रेपलान्चोक, ०१ कार्तिक । काभ्रेको बनेपा नगरपालिका-१३ भैँसेपाटीमा ग्यास बोक्ने बुलेट गाडी र मोटरसाइकल ठोक्किँदा एक बालकको मृत्यु...