पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १४ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुरकाे सूर्यविनायकस्थित घरबाट उनलाई पक्राउ गरिएको उनका निजी सचिव जनक भट्टले जानकारी दिएका छन्। उनलाई पक्राउ गर्न बिहान ५ बजे नै प्रहरी निवासमा पुगेका थिए।
पूर्वगृहमन्त्री लेखकलाई पक्राउका लागि गृह मन्त्रालय जाहेरीकर्ता बनेर पत्र पाएपछि प्रहरीले जेन-जी आन्दोलन दमन आरोपमा ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको छ।
गृहको किटानी जाहेरीपछि प्रहरीले जरुरी पक्राउ पुर्जी दिएर लेखकलाई पक्राउ गरेको हो। प्रहरीले पक्राउका लागि लिखित आदेश मागेपछि राति नै गृहसचिव राजकुमार श्रेष्ठ र कानुन सचिव परासर ढुंगानालाई लिएर प्रहरी प्रधानकार्यालय पुगेका थिए।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बिपी राजमार्गमा हायस दुर्घटना ३ जना घाइते

काभ्रेपलान्चोक, ०२ असोज । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। झापाबाट...

पाटन दरबार क्षेत्रमा अष्टमातृका नाच प्रदर्शन

ललितपुर, ०१ असोज । ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रस्थित मूलचोकमा सांस्कृतिक तथा तान्त्रिक परम्परा बोकेको ऐतिहासिक गँः प्याखँ...

भिमफेदी बाँदरेभीरमा ईभी गाडी दुर्घटना, ११ जना घाइते

मकवानपुर, ०१ असोज । हेटौंडा-भैंसे सडकमा पर्ने भीमफेदी गाउँपालिका-१ बाँदरेभीरमा ईभी गाडी दुर्घटना हुँदा ११ जना यात्रु घाइते...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त

काठमाडौं, ०१ असोज । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा...