काठमाडौं, ११ भदौ । बाढी प्रभावित क्षेत्रमा हालसम्म १६५ जनाको शव फेला परेको छ । ती शवको सनाखत हुन सकेको छैन । ८२६ जना सम्पर्कबिहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा कार्यरत ४४ जना नेपाली सेना, विभिन्न प्रहरी चौकीमा कार्यरत २८ प्रहरी र सशस्त्र प्रहरी बल नेपालका १३ जना सुरक्षाकर्मी पनि सम्पर्कबिहीन छन् । नेपाल पर्यटन बोर्डको प्रारम्भिक विवरण अनुसार प्रभावित क्षेत्रबाट ४६६ जना विदेशी र ११३ जना नेपाली गरी कुल ५७९ जना यात्रु बेपता भएका छन् ।
हालसम्म ३०५ जनालाई हवाई उद्धार तथा ६३ जनाको जमिनबाट उद्दार गरिएको छ । उद्दारका लागि ७ हजार ४५१ जना सुरक्षाकर्मी खटिएका छन् ।
बाढीका कारण ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल र ४० किलोमिटर पक्की सडक क्षतिग्रस्त बनेका छन् ।
तस्बिर : संजिव थापा






