बाढीग्रस्त क्षेत्रमा मुख्यमन्त्री: नागरिकको ज्यान जोगाउनु पहिलो कर्तव्य, राहतमा कुनै कसर बाँकी राखिन्न

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ११ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहत कार्यको प्रत्यक्ष नेतृत्व सम्हालेका छन् । बाढीले तहसनहस पारेका बस्तीहरूमा पुगेर मुख्यमन्त्री थापामगरले पीडित परिवारसँग भेटघाट गर्दै सरकार उनीहरूको साथमा रहेको बारे आश्वस्त पारेका छन्। प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रमा उद्धार, उपचार र राहतलाई सर्वोच्च प्राथमिकतामा राखेको तथा प्रभावितहरूका लागि अस्थायी आश्रय, खाद्यान्न, खानेपानी र आपत्कालीन स्वास्थ्य सेवाको प्रबन्ध मिलाइएको मुख्यमन्त्री थापामगरले बताएका छन्।

बुधबार बिहान रसुवामा आएको बाढी प्रभावित क्षेत्रको सडक अवरुद्ध र सञ्चार सम्पर्क विच्छेद भएका कारण उद्धार कार्य कठिन बनेको प्रतिकुल मौसमका बाबजुद नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय प्रशासनको टोली उद्धारमा खटिएको समेत उनी बताउँछन्। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदीतटीय क्षेत्रमा गम्भीर जोखिम र क्षति पुगेको छ। बाढीका कारण तल्लो तटीय क्षेत्रका बस्तीहरू डुबान र कटानको उच्च जोखिममा परेका छन्।

तस्बीर : संजिव थापा

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...