रसुवा बाढी अपडेट : हालसम्म २५८ जनाको शव फेला

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ११ भदौ । रसुवा बाढीका कारण हालसम्म २ स ५८ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रसुवामा दुई, नुवाकोटमा १२, धादिङमा २७, गोखरामा २०, चितवनमा १०८, तनहुँमा १२, नवलपरासी पूर्वमा ६२ र नवलपरासी पश्चिममा १५ जनाको शव फेला परेको छ ।

प्राधिकरणका अनुसार हाल १३ हजार २ सय ९५ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमध्ये नेपाल प्रहरी ७ हजार २ सय ५०, नेपाली सेना ४ हजार २ सय र सशस्त्र प्रहरी बल नेपालका १ हजार ८ सय ४५ उद्धार, खोज र राहतमा परिचालन गरिएको छ । बिहीबार उद्धारका लागि ६९ हेलिकप्टरको उडानमार्फत ३ सय ५१ जनाको उद्धार भइसकेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार हाल ९१० जना सम्पर्कबिहीन छन् । जसमध्ये, नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार, रसुवाका १ सय ६१, नुवाकोटका एक जना छन् । साथै, विदेशी नागरिक ५ सय १७ जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १ सय २७ जना सम्पर्कमा छैनन् ।

तस्बिर : सामाजिक संजाल

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...