पूर्वमन्त्री दिपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १५ चैत । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वमन्त्री दिपक खड्कालाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठका अनुसार उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
खड्कालाई म्याद थप गर्न आइतबार साँझ जिल्ला अदालत काठमाडौं पेस गरिएको थियो ।
आइतबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । जेन-जी आन्दोलनका क्रममा उनको घर जल्दा पैसा जलेको भिडियो सार्वजनिक भएको थियो । प्रहरीले खड्कालाई जरुरी पक्राउ पुर्जीका आधारमा पक्राउ गरेको थियो ।
उनी कांग्रेसका तर्फबाट उर्जामन्त्री भएका थिए । आजै कांग्रेसका अर्का नेता रमेश लेखकलाई पनि पेस गरेर म्याद थपको बहस भएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि म्याद थपका लागि भर्चुअल पेस गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

भदौ २३ गते सार्वजनिक बिदा

काठमाडौं, १९ भदौ । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको...

भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं, १८ भदौ । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय गरेको छ...

रसुवा बाढी अपडेट : मृत्यु हुनेको संख्या १२ सय ५२ पुग्यो, ४२ सय १६ सम्पर्कबिहीन

काठमाडौं, १८ भदौ । रसुवा बाढीमा मृत्यु हुनेको संख्या एक हजार २५२ पुगेको छ । राष्ट्रिय विपद् जोखिम...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं, १८ भदौ । भदौ २२ गते सोमबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ। बागमती प्रदेश...