पूर्वमन्त्री दिपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १५ चैत । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वमन्त्री दिपक खड्कालाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठका अनुसार उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
खड्कालाई म्याद थप गर्न आइतबार साँझ जिल्ला अदालत काठमाडौं पेस गरिएको थियो ।
आइतबार बिहान प्रहरीले उनलाई पक्राउ गरेको थियो । जेन-जी आन्दोलनका क्रममा उनको घर जल्दा पैसा जलेको भिडियो सार्वजनिक भएको थियो । प्रहरीले खड्कालाई जरुरी पक्राउ पुर्जीका आधारमा पक्राउ गरेको थियो ।
उनी कांग्रेसका तर्फबाट उर्जामन्त्री भएका थिए । आजै कांग्रेसका अर्का नेता रमेश लेखकलाई पनि पेस गरेर म्याद थपको बहस भएको थियो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि म्याद थपका लागि भर्चुअल पेस गरिएको थियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशको पहिचानका रुपमा रहेका धर्म, कला, संस्कार, संस्कृति र...

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ। प्रहरीले दक्षिणकालीको फर्पिङ...

पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर, ०३ कार्तिक । हेटौँडा उपमहानगरपालिका-१ स्थित सामरीमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको...

बिपी राजमार्गमा हायस दुर्घटना ३ जना घाइते

काभ्रेपलान्चोक, ०२ कार्तिक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। झापाबाट...