कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशको पहिचानका रुपमा रहेका धर्म, कला, संस्कार, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा पुस्तान्तरणका लागि प्रदेश सरकारले उचित नीति तथा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विजयादशमी (मोहनी नखः) को अवसरमा लायन्स क्लब अफ नखेल र नंखेल सांस्कृतिक परिवारद्वारा आयोजित ‘नंखेल सांस्कृतिक बाजा नाच २०८३’ कार्यक्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले भने, ‘मौलिक संस्कृति र परम्पराको जीवन्तता नै आजको आवश्यकता र देशको पहिचान हो। हाम्रा अमूल्य निधिहरूको संरक्षण र नयाँ पुस्तामा हस्तान्तरणका लागि बागमती प्रदेश सरकार प्रतिबद्ध छ ।’ उनले कला-संस्कृतिको जगेर्नाका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउँदै कार्यक्रम आयोजकहरूलाई धन्यवाद समेत दिए।

यस्ता सांस्कृतिक कार्यक्रमले नेपाली मौलिक परम्परा, कला, संस्कृतिको प्रवर्द्धन गर्नुका साथै सामाजिक एकता र आपसी सद्भाव अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरे।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ। प्रहरीले दक्षिणकालीको फर्पिङ...

पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर, ०३ कार्तिक । हेटौँडा उपमहानगरपालिका-१ स्थित सामरीमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको...

बिपी राजमार्गमा हायस दुर्घटना ३ जना घाइते

काभ्रेपलान्चोक, ०२ कार्तिक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। झापाबाट...

पाटन दरबार क्षेत्रमा अष्टमातृका नाच प्रदर्शन

ललितपुर, ०१ असोज । ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रस्थित मूलचोकमा सांस्कृतिक तथा तान्त्रिक परम्परा बोकेको ऐतिहासिक गँः प्याखँ...