लुम्बिनी प्रदेश सभासद रेखा शर्मा पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १६ चैत । लुम्बिनी प्रदेश सभासद रेखा शर्मा पक्राउ परेकी छिन्। एमालेबाट निर्वाचित उनी आइतबार राति काठमाडौंको धुम्बराहीबाट पक्राउ परेकी हुन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरिक्षक सन्तोष खड्काले बताए ।
उनीमाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरूद्धको कसुर गरेको आरोप छ । केही वर्ष पहिला उनको घरबाट एक बालिकालाई काठमाडौं महानगरपालिले उद्धार गरेको थियो ।
ती बालिकाबारे तत्कालीन काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले २९ माघ २०८१ मा आफ्नो फेसबुक वालमा ‘सरी नानु ! तिम्रा पीडकका विरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनू । समय आउनेछ’ भनेर लेखेका थिए ।
साथै उनले ‘यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमीजस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नुपर्छ’ भन्ने पनि उल्लेख गरेका थिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलासंस्कृति जगेर्नामा प्रदेश सरकारले उचित नीति लिन्छ: मुख्यमन्त्री थापा मगर

भक्तपुर, ०३ कार्तिक । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले देशको पहिचानका रुपमा रहेका धर्म, कला, संस्कार, संस्कृति र...

दसैंको मौका छोपेर काठमाडौं भित्र्याउन खोजिएको लागुऔषध बरामद

काठमाडौं, ०३ कार्तिक । दसैंको मौका छोपेर काठमाडौं उपत्यकामा ठूलो परिमाणमा लागूऔषध भित्र्याउन खोजिएको छ। प्रहरीले दक्षिणकालीको फर्पिङ...

पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर, ०३ कार्तिक । हेटौँडा उपमहानगरपालिका-१ स्थित सामरीमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको...

बिपी राजमार्गमा हायस दुर्घटना ३ जना घाइते

काभ्रेपलान्चोक, ०२ कार्तिक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। झापाबाट...