लुम्बिनी प्रदेश सभासद रेखा शर्मा पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १६ चैत । लुम्बिनी प्रदेश सभासद रेखा शर्मा पक्राउ परेकी छिन्। एमालेबाट निर्वाचित उनी आइतबार राति काठमाडौंको धुम्बराहीबाट पक्राउ परेकी हुन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरिक्षक सन्तोष खड्काले बताए ।
उनीमाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरूद्धको कसुर गरेको आरोप छ । केही वर्ष पहिला उनको घरबाट एक बालिकालाई काठमाडौं महानगरपालिले उद्धार गरेको थियो ।
ती बालिकाबारे तत्कालीन काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले २९ माघ २०८१ मा आफ्नो फेसबुक वालमा ‘सरी नानु ! तिम्रा पीडकका विरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनू । समय आउनेछ’ भनेर लेखेका थिए ।
साथै उनले ‘यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमीजस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नुपर्छ’ भन्ने पनि उल्लेख गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

९ बुँदे सहमतिपछि मिटरब्याज विरुद्धको आन्दोलन स्थगित

काठमाडौं, ०२ साउन । ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएपछि स्थगित...

आश्रम आश्रित बालबालिकाको संस्थागत सामाजिक उत्तरदायित्व कार्यान्वयनका लागि त्रिपक्षीय सम्झौता

काठमाडौं, ०२ साउन । मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौंबाट उद्धार तथा पुनःस्थापना गरिने व्यक्तिहरुको उपचारका...

काठमाडौंमा पाँच वटा सवारी एक आपसमा ठोक्किँदा १० जना घाइते

काठमाडौं, ०१ साउन । काठमाडौं महानगरपालिका-४ कत्तार भिसा सेन्टरअगाडि सडकखण्डमा भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा...

भक्तपुरमा एक वर्षमै ४२ अर्ब २३ करोड खर्च

भक्तपुर, ०१ असार । गत आर्थिक वर्ष २०८२ /०८३ मा भक्तपुर जिल्लामा चालु र पूँजीगत गरी ४२ अर्ब...