राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन भंग

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १५ चैत । राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी युनियन भंग भएको छ । आइतबार युनियनका अध्यक्ष राजु ओलियाले सूचना जारी गर्दै युनियन भंग भएको घोषणा गरेका हुन् ।

बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कर्मचारी युनियनहरू खारेज गर्ने निर्णय गरेको थियो । त्यही निर्णयको स्वागत गर्दै अध्यक्ष ‌ओलीले युनियन भंग गरिएको घोषणा गरेका हुन् । ‘नयाँ सरकारलाई काम गर्न सजिलो होस् भनेर हामीले युनियन भंग गरेका हौँ । सरकारले शासकीय सुधारको उद्देश्य राखेर थालेका कामलाई स्वागत गर्दै हामीले यो निर्णय गरेका हौँ,’ उनले भने ।

ओलियाले सूचनामा भनेका छन्,’नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत्र १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीहरूमध्ये (ख) को (उल्लेखित प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता) बुँदा नं. १२ मा उल्लेख भएबमोजिमको निर्णयलाई स्वागत गर्दै यस कार्यालयमा गठन भएको राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी युनियन मिति २०८२ चैत्र १५ गतेबाट भङ्ग गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

भदौ २३ गते सार्वजनिक बिदा

काठमाडौं, १९ भदौ । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको...

भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय

काठमाडौं, १८ भदौ । सरकारले रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरुप राष्ट्रिय शोक दिवस बनाउने निर्णय गरेको छ...

रसुवा बाढी अपडेट : मृत्यु हुनेको संख्या १२ सय ५२ पुग्यो, ४२ सय १६ सम्पर्कबिहीन

काठमाडौं, १८ भदौ । रसुवा बाढीमा मृत्यु हुनेको संख्या एक हजार २५२ पुगेको छ । राष्ट्रिय विपद् जोखिम...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा

काठमाडौं, १८ भदौ । भदौ २२ गते सोमबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ। बागमती प्रदेश...