पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १४ चैत । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुरकाे सूर्यविनायकस्थित घरबाट उनलाई पक्राउ गरिएको उनका निजी सचिव जनक भट्टले जानकारी दिएका छन्। उनलाई पक्राउ गर्न बिहान ५ बजे नै प्रहरी निवासमा पुगेका थिए।
पूर्वगृहमन्त्री लेखकलाई पक्राउका लागि गृह मन्त्रालय जाहेरीकर्ता बनेर पत्र पाएपछि प्रहरीले जेन-जी आन्दोलन दमन आरोपमा ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको छ।
गृहको किटानी जाहेरीपछि प्रहरीले जरुरी पक्राउ पुर्जी दिएर लेखकलाई पक्राउ गरेको हो। प्रहरीले पक्राउका लागि लिखित आदेश मागेपछि राति नै गृहसचिव राजकुमार श्रेष्ठ र कानुन सचिव परासर ढुंगानालाई लिएर प्रहरी प्रधानकार्यालय पुगेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

जानकारी लिएर मात्रै सवारी साधन सडकमा निकाल्न काठमाडौँ प्रशासनको अनुरोध

काठमाडौं, ०२ साउन । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय  बाढीपहिरो, डुबानको जोखिम बढेको जनाउँदै काठमाडौँ उपत्यकाको यात्रामा...

९ बुँदे सहमतिपछि मिटरब्याज विरुद्धको आन्दोलन स्थगित

काठमाडौं, ०२ साउन । ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन सरकार र पीडित पक्षबीच ९ बुँदे सहमति भएपछि स्थगित...

आश्रम आश्रित बालबालिकाको संस्थागत सामाजिक उत्तरदायित्व कार्यान्वयनका लागि त्रिपक्षीय सम्झौता

काठमाडौं, ०२ साउन । मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौंबाट उद्धार तथा पुनःस्थापना गरिने व्यक्तिहरुको उपचारका...

काठमाडौंमा पाँच वटा सवारी एक आपसमा ठोक्किँदा १० जना घाइते

काठमाडौं, ०१ साउन । काठमाडौं महानगरपालिका-४ कत्तार भिसा सेन्टरअगाडि सडकखण्डमा भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा...