ठमेल क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा २० जना युगान्डेली महिला पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ११ चैत । काठमाडौंको ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहारमा संलग्न रहेको आरोपमा प्रहरीले २० जना युगान्डेली महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार ठमेलमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी सार्वजनिक स्थानमै अवैध रूपमा पैसामा मोलमोलाइ गर्दै यौन व्यवसाय सञ्चालन गर्ने, बाटो हिँड्ने सर्वसाधारण तथा पर्यटकलाई अनावश्यक रूपमा रोक्ने, जिस्क्याउने तथा अशोभनीय व्यवहार गर्दै आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो । ‘स्थानीयको सूचनापछि प्रहरीले ठमेलका विभिन्न स्थानमा निगरानी तथा चेकजाँच गर्ने क्रममा फायरचोक क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो,’ भट्टराईले भने, ‘विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारणलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप गरी दुःख-हैरानी दिएको अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको हो ।’
प्रहरीका अनुसार पक्राउ पर्ने सबै महिला युगान्डाका नागरिक हुन् । उनीहरूको उमेर २३ देखि ४४ वर्षका छन् । सोमबार राति पक्राउ परेका उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिने म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान भइरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा विभिन्न समयमा पर्यटक भिसामा नेपाल आएका उनीहरू ठमेल क्षेत्रमा यस्तो गतिविधिमा संलग्न रहेको खुलेको छ । नेपालमा सार्वजनिक स्थानमा अश्लील वा यौनजन्य गतिविधि गर्न नहुने व्यवस्था मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत गरिएको छ । उक्त संहिताअनुसार सार्वजनिक स्थलमा सहमति भए पनि अशोभनीय वा अश्लील गतिविधि गर्न पाइदैन र यस्तो कार्य सार्वजनिक मर्यादा तथा शान्ति भंग गर्ने मानिँदै कानुनी कारबाही हुने व्यवस्था छ । 

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बिपी राजमार्गमा हायस दुर्घटना ३ जना घाइते

काभ्रेपलान्चोक, ०२ असोज । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। झापाबाट...

पाटन दरबार क्षेत्रमा अष्टमातृका नाच प्रदर्शन

ललितपुर, ०१ असोज । ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रस्थित मूलचोकमा सांस्कृतिक तथा तान्त्रिक परम्परा बोकेको ऐतिहासिक गँः प्याखँ...

भिमफेदी बाँदरेभीरमा ईभी गाडी दुर्घटना, ११ जना घाइते

मकवानपुर, ०१ असोज । हेटौंडा-भैंसे सडकमा पर्ने भीमफेदी गाउँपालिका-१ बाँदरेभीरमा ईभी गाडी दुर्घटना हुँदा ११ जना यात्रु घाइते...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त

काठमाडौं, ०१ असोज । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा...