ठमेल क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा २० जना युगान्डेली महिला पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ११ चैत । काठमाडौंको ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहारमा संलग्न रहेको आरोपमा प्रहरीले २० जना युगान्डेली महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार ठमेलमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी सार्वजनिक स्थानमै अवैध रूपमा पैसामा मोलमोलाइ गर्दै यौन व्यवसाय सञ्चालन गर्ने, बाटो हिँड्ने सर्वसाधारण तथा पर्यटकलाई अनावश्यक रूपमा रोक्ने, जिस्क्याउने तथा अशोभनीय व्यवहार गर्दै आएका उनीहरूलाई नियन्त्रणमा लिइएको हो । ‘स्थानीयको सूचनापछि प्रहरीले ठमेलका विभिन्न स्थानमा निगरानी तथा चेकजाँच गर्ने क्रममा फायरचोक क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो,’ भट्टराईले भने, ‘विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारणलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप गरी दुःख-हैरानी दिएको अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको हो ।’
प्रहरीका अनुसार पक्राउ पर्ने सबै महिला युगान्डाका नागरिक हुन् । उनीहरूको उमेर २३ देखि ४४ वर्षका छन् । सोमबार राति पक्राउ परेका उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिने म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान भइरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा विभिन्न समयमा पर्यटक भिसामा नेपाल आएका उनीहरू ठमेल क्षेत्रमा यस्तो गतिविधिमा संलग्न रहेको खुलेको छ । नेपालमा सार्वजनिक स्थानमा अश्लील वा यौनजन्य गतिविधि गर्न नहुने व्यवस्था मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत गरिएको छ । उक्त संहिताअनुसार सार्वजनिक स्थलमा सहमति भए पनि अशोभनीय वा अश्लील गतिविधि गर्न पाइदैन र यस्तो कार्य सार्वजनिक मर्यादा तथा शान्ति भंग गर्ने मानिँदै कानुनी कारबाही हुने व्यवस्था छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रुद्रमती नदी सफाइका १२ वर्ष : २ लाख ८७ हजार स्वयमसेवीबाट करिब ७,७६० फोहर संकलन

काठमाडौं, ०४ साउन । बाह्र वर्षदेखि सरसफाइ थालेको रुद्रमती नदीबाट ७ हजार ७६० मेट्रिक टन फोहर संकलन भएको...

भक्तपुरमा छुट्टछुटै स्थानबाट खसेर एकैदिन तीन जनाकाे मृत्यु

भक्तपुर, ०४ साउन । जिल्लामा छुट्टाछुट्टै स्थानबाट खसेर एकैदिन तीन जनाकाे मृत्यु भएकाे छ । सोमबारबार सुर्यविनायक नगरपालिका-८...

काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई स्थायी गृहजिल्ला पठाउने तयारी

काठमाडौं, ०४ साउन । काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई उनीहरूको स्थायी ठेगाना भएकै जिल्लामा व्यवस्थापन गर्ने प्रक्रिया...

धादिङमा रात्रिकालीन सवारी आवगमन पूर्ण रूपमा बन्द

धादिङ, ०३ साउन । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार देशभर भारी तथा अति भारी वर्षाको सम्भावना...