भक्तपुरको सुधार गृहमा एकजनाको शंकास्पद मृत्यु, सुधार गृहका अध्यक्षसहित ५ जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २५ साउन । सुर्यविनायक नगरपालिका-१ स्थित सुधार गृहमा एकजनाको शंकास्पद मृत्यु भएको छ । सुधार केन्द्रमा रहेका सोही वडा बस्ने वर्ष ४१ को उमेश खड्गीको आइतबार बिहान मृत्यु भएको हो। मदिराको लत छुटाउन सुधार केन्द्रमा राखेको खड्गीकाे बारेमा आइतबार बिहान सञ्चालकले फोन गरेर घटनाबारे जानकारी गराएको परिवारका सदस्यहरूले बताएका छन् । घटनाबारे अनुसन्धान गर्न प्रहरीले सुधार केन्द्रका अध्यक्ष गौतम श्रेष्ठसहित ५ जनालाई पक्राउ गरेको छ ।
सुधार केन्द्रमा बेहोस भएपछि खड्गीलाई मध्यपुर अस्पतालमा लगेको र त्यहाँ मृत्यु भएको सञ्चालकले प्रहरीलाई बताएका छन् । मध्यपुर अस्पतालबाट उनको शव पोष्टमार्टमका लागी दुवाकोटस्थित केएमसी अस्पतालमा पठाइएको छ ।
घट्नाका सम्वन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । सोहि घट्नालाई लिएर मृतकका आफन्तले आइतबार बिहानैदेखि सुधारगृह अघि घेराउ गरेका थिए । त्यस क्रममा भिड नियन्त्रण गर्न दिनभरि प्रहरी परिचनलन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय

मकवानपुर, १४ भदौ । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुट तय गरिएको छ । जिल्ला प्रशासन कार्यालय ...

मुख्यमन्त्री थापाले बोलाए बागमतीमा सर्बदलिय बैठक, उद्धार र राहत बितरण जारी राखिने

हेटौंडा, १४ भदौ । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पुगेको क्षति र आगामी रणनीतिबारे छलफल...

बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना बालगृहमा नलैजान आग्रह

काठमाडौं, १४ भदौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकालाई सम्बन्धित निकायको अनुमति र...

रसुवा बाढी अपडेट : ७३४ शव फेला, दुई हजार ४९८ जना अझै बेपत्ता

काठमाडौं, १४ भदौ । रसुवाको बाढीमा (भोटेकोशी) परेका ७३४ जनाको शव फेला परेको छ भने, हालसम्म दुई हजार...