करार र ज्यालादारी कर्मचारीद्वारा सीटीईभीटीको केन्द्रीय कार्यालय घेराउ

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २५ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) अन्तर्गत देशभरका ६७ वटा आङ्गिक शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले केन्द्रीय कार्यालय घेराउ गरेका छन् । साउन १४ गतेदेखि देशभरका ६७ वटै आङ्गिक शिक्षालयमा विभिन्न चरणका आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आए पनि सीटीईभीटी व्यवस्थापनले कर्मचारीका मागप्रति कुनै सुनुवाइ नगरेपछि पूर्वघोषित कार्यक्रमअन्तर्गत देशभरिका करिब २,२०० करार तथा ज्यालादारी श्रमिकले  आजदेखि  केन्द्रीय कार्यालय, सानोठिमी घेराउ गरेका हुन् ।

उनीहरूले समान कामका लागि समान ज्याला हुनुपर्ने माग राखेका छन् । उनीहरूका मागमा स्थानीय भत्ता, दुर्गम भत्ता, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा तथा पेशागत स्थायित्व लगायत रहेका छन्। लामो समयदेखि परिषद् मातहतका विभिन्न शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले समान प्रकृतिको काम गर्दै आए पनि सेवा-सुविधा र पारिश्रमिकमा विभेद गरिएको भन्दै न्यायोचित व्यवस्था गर्न माग गरेका छन्।

करार तथा ज्यालादारी केन्द्रीय सङ्घ समिति सह-संयोजक इ. युकेश गौतमले साउन १४ गतेदेखि देशभरका आङ्गिक शिक्षालयमा चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम सञ्चालन गर्दा समेत व्यवस्थापनले माग सम्बोधन गर्न चासो नदेखाएपछि पूर्वघोषित कार्यक्रमअनुसार केन्द्रीय कार्यालय घेराउ गरिएको बताए । उनले कर्मचारीका मागहरू वार्ता र संवादमार्फत तत्काल सम्बोधन गर्नुपर्ने उल्लेख गर्दै समान कामका लागि समान ज्याला, स्थानीय तथा दुर्गम भत्ता, सामाजिक सुरक्षा र पेशागत स्थायित्वको माग गरे ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...