लेखक काल्तानको ‘आमाला चेगाइ’ सार्वजनिक

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ०८ भदौ । कवि एवं लेखक कविराज काल्तानको बालकथा संग्रह ‘आमाला चेगाइ(आमाको माया)’ सार्वजनिक भएको छ । शनिबार स्वयम्भूस्थित तामाङ कुदाप धिममा तामाङ डाजाङ संस्थाले आयोजना गरेको कार्यक्रममा लेखक काल्तानसहित भारत उत्तर बंगाल विश्वविद्यालयका सहप्राध्यापक सुदास तामाङ, भाषाविज्ञ अमृत योञ्जन, नेपाल सरकारका उपसचिव डा.लोकबहादुर लोप्चन, नेपाल तामाङ घेदुङका वरिष्ठ उपाध्याक्ष सञ्चु ब्लोन, डाजाङका अध्यक्ष फूलकुमार बोम्जनलगायतले संयुक्त रुपमा संग्रहको विमोचन गरेका हुन् ।

तामाङ भाषामा समेटिएको संग्रहमा २३ वटा कथाहरु समेटिएका छन् । एक दशकभन्दा लामो समयको संघर्षपछि नै संग्रह पाठकसमक्ष ल्याउन सफल भएको बताउँदै लेखक काल्तानले मातृभाषी साहित्यलाई विभिन्न आरोह-अवरोहरु छिचोल्दै निरन्तरता दिँदै आएको बताए । ‘यो संग्रहमा मैले २०७० सालदेखि नै लेखिएका कथाहरु छन् । यी सबै मातृभाषा साहित्य सिर्जनाकै क्रममा लेखिएका हुन्’, उनले भने, ‘विभिन्न दुःख र बाधाहरु खेपेर पनि मैले आफ्नो मातृभाषाको लेखनलाई छोडेको छैन । म जहाँ गएपनि यसलाई बोकेरै हिँडेको छु ।’ सिर्जना यात्राको अनुभव सुनाउँदै काल्तानले मातृभाषा साहित्य सिर्जनाको निरन्तरताका लागि भोग्नुपर्ने कठिनाइहरु बारे आफ्नो धारणा राखे । उनको यस अघि याङ(चिठीसंग्रह २०७०), चाःबा(हाइकु संग्रह २०७१), हक्कु–पक्कु(बाल गीतसंग्रह २०७३)लगायतका दर्जनौं फुटकर साहित्यिक सिर्जनाहरु प्रकाशित छन् । उनी लेखनसँगै मातृभाषा अभियन्ताका रुपमा तामाङ डाजाङ, तामाङ सञ्चार समूह ललितपुर, तामाङ सेमलेङ न्हानलगायत संस्थामा समेत आवद्ध छन् । काल्तानको कृतिले तामाङ साहित्यमा अर्को पुस्तकको अध्याय थपिएको सुनाउँदै विज्ञहरुले तामाङ भाषी साहित्य सिर्जनामा जोड दिनुपर्ने धारणा राखे ।

भारत उत्तर बंगाल विश्वविद्यालयका सहप्राध्यापक तामाङले भाषा नै तामाङ पहिचान र संस्कृतिको आधार विन्दु रहेको महत्व दर्शाउँदै भाषा जोगाउनकै निम्ति साहित्यिक सिर्जना हुनुपर्ने बताए । तामाङ पहिचान र संस्कृति मुटुमा बोकेर भूगोल फरक भएपनि नेपाललाई आफ्नो भाषा, संस्कृति र पहिचानको केन्द्र मानेको समेत उनले सुनाए । उनले भने, ‘विभिन्न कारणले विस्थापित भएर हामी अलग भयौं । हाम्रो भाषा छैन होला । तर हामीले नेपाललाई हाम्रो भाषा, संस्कृति र पहिचानको आधार केन्द्र मानेका छौं । यसरी नेपालको मञ्चमा उभिएर सुनाउन पाउँदा निकै खुसी लागेको छ । ’

पछिल्लो समय मातृभाषी कृतिहरु निकै न्यून मात्रामा पाठकहरु समक्ष आएको सुनाउँदै नेपाल तामाङ घेदुङका वरिष्ठ उपाध्याक्ष सञ्चु ब्लोनले चिन्ता व्यक्त गरिन् । उनले भाषा, प्रविधि र शासकीय प्रतिरोधकै अवस्थामा समेत थुप्रै पुस्तकहरु प्रकाशन भएर उत्कष्ट स्रष्टा छनोट गर्ने क्षणको स्मरण गरिन् । अहिले भाषा, प्रविधि र राज्यको सरकारी निकायसम्म तामाङ मातृभाषा पुगेको अवस्थामा मातृभाषी लेखन खस्किँदै गएको विषय निकै सोचनिय रहेको सुनाइन् ।
पुस्तकमाथि लेखक एवं तामाङ भाषा, संस्कृति विज्ञहरु योञ्जन, खोजराज गोले, रवीन्द्र तामाङ लगायतले समिक्षात्मक टिप्पणी राखेका थिए । सबैले लेखक काल्तानको कृतिले तामाङ भातृभाषी सिर्जनासँगै यसको संरक्षण र संवर्धनका निम्ति एउटा इँटा थपिएको धारणा राखे । कार्यक्रममा तामाङ समुदायका लेखक, भाषा, संस्कृति, संगीत विज्ञ तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति थियो ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...