बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले आज विश्वासको मत लिँदै

Date:

Share post:

Suryabinayak Nagarpalika

मकवानपुर, ०९ भदौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज (मंगलबार) अपरान्ह ४ बजे प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिन लागेका हुन् । नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको थियो । त्यसपछि बैठकको समय पटक/पटक परिवर्तन गरी साँझ ५ बजे र अन्तिममा ८ बजेका लागि तोकिए पनि बैठक बस्न सकेन ।

सोमबार बैठक बस्न नसकेपछि आज भदौ ९ गते अपरान्ह ४ बजेका लागि  प्रदेश सभा बैठक बोलाइएको हो । मुख्यमन्त्री किरण थापा मगरको विश्वासको मतसम्बन्धी छलफलका लागि सोमबार दिउँसो १ बजेका लागि आव्हान गरिएको बैठक सूचना टाँस गरेर मंगलबार दिउँसो ४ बजेसम्मका लागि स्थगन गरिएको हो ।

प्रदेश सभाका सचिव रामकुमार पौडेलले सोमबार सूचना जारी गर्दै विशेष कारण सोमबार राति ८ बजेका लागि निर्धारित बैठक निर्धारित समयमा बस्न नसक्ने जनाएका छन् । प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक मंगलबार अपरान्ह ४ बजे बस्ने गरी पुनः निर्धारण गरिएको उनको भनाइ छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

भोटेकोशी बाढीका २४६५ बेपत्तालाई एकैपटक मृत घोषणा गरिँदै

काठमाडौं, २४ कात्तिक । गत भदौ १० गतेको भोटेकोशी-त्रिशूली बाढीमा परेर बेपत्ता भएकामध्ये पहिलो चरणमा दुई हजार ४६५...

हेटौंडामा प्रहरी हवल्दार मृत फेला

मकवानपुर, २४ कात्तिक । हेटौंडा उपमहानगरपालिका-८ ओमनगरमा एक प्रहरी हवल्दार मृत फेला परेका छन्। मंगलबार बिहान करिब साढ...

२४ सै घण्टा देउसी-भैलो खेल्न गृहको निर्देशन

काठमाडौं, २४ कात्तिक । गृह मन्त्रालयले परम्परागत देउसी–भैलो कार्यक्रम २४ सै घण्टा सञ्चालन गर्न दिन सबै जिल्ला प्रशासन...

राजनीति अलि खलबलिएको छ : ओली

काठमाडौं, २३ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानिसको सांस्कृतिक मनोवृत्ति बिग्रँदा राजनीति समेत...