हुन्डी कारोबारको आरोपमा एक पक्राउ, १ अर्ब ७९ करोड ९६ लाख भन्दाबढीको कारोबार भएको खुलासा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १३ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा धादिङको सत्यदेवी-८ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-८, नागार्जुन क्षेत्रमा बस्दै आएका ४४ वर्षीय राजेन्द्रप्रसाद रिजाल छन्। उनलाई नागार्जुन नगरपालिका-८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट पक्राउ गरिएको हो।

सीआईबीका अनुसार गोप्य सूचनाका आधारमा शङ्कास्पद व्यक्तिहरूको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा रिजालले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी एक अर्ब ७९ करोड ९६ लाख ३४ हजार ४ सय ५४ बराबरको रकम हुन्डीमार्फत कारोबार गरेको खुलेको हो।​​रिजालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट हुन्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा पक्राउ अनुमति लिएर उनलाई नियन्त्रणमा लिइएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराले जानकारी दिए ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...