भक्तपुर सडक डिभिजन कार्यालयका इन्जिनियरविरुद्ध २ करोड २६ लाख रूपैयाँको भ्रष्टाचार मुद्दा

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, १३ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर सडक डिभिजन कार्यालयका इन्जिनियर शैलेन्द्रकुमार चौधरीविरुद्ध २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगका अनुसार चौधरीले २०६५ पुस ११ देखि २०८२ असार २९ सम्मको अवधिमा २ करोड ७२ लाख ५५ हजार ७६६ रुपैयाँ वैध आम्दानी गरेको देखिए पनि सोही अवधिमा ४ करोड ९८ लाख ६८ हजार ८८९ रुपैयाँ खर्च तथा लगानी गरेको पाइएको छ ।

यसरी २ करोड २६ लाख १३ हजार १२३ रुपैयाँ ३६ पैसा स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको निष्कर्षसहित उनीविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगले चौधरीलाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद, जरिवाना तथा गैरकानुनी सम्पत्ति जफतको माग गरेको छ। साथै, उनकी पत्नी अपर्णा कुमारीको नाममा रहेको उक्त सम्पत्तिसमेत जफत गर्ने प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रानीपोखरीमा एक पुरुष मृत फेला

काठमाडौं, २९ असोज । रानीपोखरीमा एक व्यक्ति मृत फेला परेका छन् । अन्दाजी ३५/४० वर्षका पुरुष बिहीबार बिहान...

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी

काठमाडौं, २९ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३’ जारी गरेको...

हेटौंडा-भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा टाइमकार्ड

हेटौंडा, २९ असोज । हेटौंडाबाट काठमाडौं जाने छोटो वैकल्पिक मार्ग हेटौंडा-भैंसे-भीमफेदी-कुलेखानी-सिस्नेरी, फाखेल, दक्षिणकाली र फर्पिङ हुँदै आउजाउ गर्ने...

४ हजार १ सय ८ बाढीप्रभावित परिवारलाई सहयोग रकम वितरण

काठमाडौं, २८ असोज । सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र धादिङका हालसम्म ४ हजार १०८...