कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन मजदुरको मृत्यु

Date:

Share post:

Suryabinayak Nagarpalika

बाँके, १३ साउन । कोहलपुर नगरपालिका-३ शान्तिटोलमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर तीन जना मजदुरको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय दयाप्रसाद थारुको डीबीसी भई पिलर उठाइएको घरको आँगनमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा बुधबार बिहान करिब ९ बजे उनीहरू फसेका थिए।
प्रहरीले जेसीबीको सहायताले सेप्टिक ट्याङ्की फुटाएर तीनै जनालाई मृत अवस्थामा बाहिर निकालेको थियो। उक्त शवहरू परीक्षणका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका-३ बस्ने अन्दाजी ४० वर्षीय कालु थारु, अन्दाजी २६ वर्षीय प्रकाश थारु र अन्दाजी ३३ वर्षीय बिर्जा थारु रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

झापामा कारको ठक्करबाट ९२ वर्षीया महिलाको मृत्यु

झापा, १३ साउन । भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रशासन कार्यालय नजिकको भित्री सडकखण्डमा कारको ठक्करबाट ९२ वर्षीया वृद्धाको...

भक्तपुर सडक डिभिजन कार्यालयका इन्जिनियरविरुद्ध २ करोड २६ लाख रूपैयाँको भ्रष्टाचार मुद्दा

काठमाडौं, १३ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर सडक डिभिजन कार्यालयका इन्जिनियर शैलेन्द्रकुमार चौधरीविरुद्ध २ करोड २६...

हुन्डी कारोबारको आरोपमा एक पक्राउ, १ अर्ब ७९ करोड ९६ लाख भन्दाबढीको कारोबार भएको खुलासा

काठमाडौं, १३ साउन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं, १२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ...