सहकारीपीडितकाे पुनः प्रदर्शन

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं । बचत फिर्ताको माग गर्दै सहकारीपीडितले पुनः काठमाडौंमा प्रदर्शन गरेका छन् । भेदभाव गर्न नहुने, बचत फिर्ताको बलियो आधार बनाउनुपर्ने र बचत फिर्ता गर्नुपर्ने माग गर्दै सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा बचतकर्ताले सोमबार काठमाडौंमा र्‍यालीसहितको प्रदर्शन गरेका हुन् ।

माइतीघरबाट सुरु भएको र्‍याली बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय पुगेको हो । उनीहरूले साथमा यसअघि सरकारसँग भएको सम्झौता पनि बोकेर आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले ‘सहकारीपीडित सदस्य बचतकर्तालाई न्याय देऊ’, ‘ए सरकार कि त मारिदेउ, कि त खोला तारिदेऊ’, ‘निक्षेपको सावाँ र ब्याज फिर्ता देऊ’, ‘हाम्रो बचत फिर्ता गर्’, ‘लाइसेन्सवाला ठगी बन्द गर्’लगायत नारा लेखिएको प्ले-कार्ड बोकेका थिए ।
वर्तमान सरकारले बचत फिर्ताको नाममा साना-ठूला भनेर भेदभाव गरेको उनीहरूको गुनासो छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...