पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ११ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रकम भुक्तानी गर्न नसक्दा आपूर्ति व्यवस्थापन नै प्रभावित हुने भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको हो।
बढेको मूल्य बिहीबार बिहान १२:०१ बजेदेखि लागू हुनेछ।

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य अकासिएपछि निगमले आफू आर्थिक संकटमा फसेको जनाएको छ। पछिल्लो १५ दिनमै ५ अर्ब घाटा व्यहोरेको भन्दै निगमले आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने प्रक्षेपण गरेको छ। लगातारको घाटाले आइओसीलाई तोकिएको समयमै रकम बुझाउन नसकिने र यसबाट देशव्यापी इन्धन आपूर्ति नै प्रभावित हुने निगमले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

रुद्रमती नदी सफाइका १२ वर्ष : २ लाख ८७ हजार स्वयमसेवीबाट करिब ७,७६० फोहर संकलन

काठमाडौं, ०४ साउन । बाह्र वर्षदेखि सरसफाइ थालेको रुद्रमती नदीबाट ७ हजार ७६० मेट्रिक टन फोहर संकलन भएको...

भक्तपुरमा छुट्टछुटै स्थानबाट खसेर एकैदिन तीन जनाकाे मृत्यु

भक्तपुर, ०४ साउन । जिल्लामा छुट्टाछुट्टै स्थानबाट खसेर एकैदिन तीन जनाकाे मृत्यु भएकाे छ । सोमबारबार सुर्यविनायक नगरपालिका-८...

काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई स्थायी गृहजिल्ला पठाउने तयारी

काठमाडौं, ०४ साउन । काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई उनीहरूको स्थायी ठेगाना भएकै जिल्लामा व्यवस्थापन गर्ने प्रक्रिया...

धादिङमा रात्रिकालीन सवारी आवगमन पूर्ण रूपमा बन्द

धादिङ, ०३ साउन । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार देशभर भारी तथा अति भारी वर्षाको सम्भावना...