पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ११ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई रकम भुक्तानी गर्न नसक्दा आपूर्ति व्यवस्थापन नै प्रभावित हुने भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको हो।
बढेको मूल्य बिहीबार बिहान १२:०१ बजेदेखि लागू हुनेछ।

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मूल्य अकासिएपछि निगमले आफू आर्थिक संकटमा फसेको जनाएको छ। पछिल्लो १५ दिनमै ५ अर्ब घाटा व्यहोरेको भन्दै निगमले आगामी १५ दिनमा थप १५ अर्ब घाटा हुने प्रक्षेपण गरेको छ। लगातारको घाटाले आइओसीलाई तोकिएको समयमै रकम बुझाउन नसकिने र यसबाट देशव्यापी इन्धन आपूर्ति नै प्रभावित हुने निगमले बताएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बिपी राजमार्गमा हायस दुर्घटना ३ जना घाइते

काभ्रेपलान्चोक, ०२ असोज । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ दुबैगैंडामा हायस गाडी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। झापाबाट...

पाटन दरबार क्षेत्रमा अष्टमातृका नाच प्रदर्शन

ललितपुर, ०१ असोज । ललितपुरको ऐतिहासिक पाटन दरबार क्षेत्रस्थित मूलचोकमा सांस्कृतिक तथा तान्त्रिक परम्परा बोकेको ऐतिहासिक गँः प्याखँ...

भिमफेदी बाँदरेभीरमा ईभी गाडी दुर्घटना, ११ जना घाइते

मकवानपुर, ०१ असोज । हेटौंडा-भैंसे सडकमा पर्ने भीमफेदी गाउँपालिका-१ बाँदरेभीरमा ईभी गाडी दुर्घटना हुँदा ११ जना यात्रु घाइते...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त

काठमाडौं, ०१ असोज । लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्मा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा...