हेरिटेज नेपाल न्यूज

शुक्रबारको हावाहुरीका कारण ४ जनाको मृत्यु, २८ घाइते

Date:

Share post:

Changunarayan Nagarpalika

काठमाडौं, ३ जेठ । मूलुलभर शुक्रबार आएको भीषण हावाहुरीका कारण ४ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। हावाहुरीका कारण घर र सवारीसाधनमा समेत क्षति पुगेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुनेमा कपिलवस्तुकी १४ वर्षीया शुकना केवट, बाराकी ५४ वर्षीया रम्भा देवी धानुक, नवलपरासी पश्चिमकी ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गा बहादुर पुन रहेका छन्। प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार हावाहुरीका कारण ६ वटा घर र २ वटा गोठमा पनि क्षति पुगेको थियो। हावाहुरीसहितको वर्षाले पूर्वी नवलपरासीको कावासोतीमा रहेको नवलपुर एफएम १०४.४ मेगाहर्जको टावरमा समेत क्षति पुर्‍याएको थियो। टावर ढलेपछि सो रेडियोको प्रसारण रोकिएको छ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार हावाहुरीले १ अर्ब ८ करोड ४४ लाख ५ सय रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ। शुक्रबार देशभर १८ ठाउँमा आगलागी र ५९ ठाउँमा चट्याङ परेकाले प्रहरीले विपद् घटनाको संकलन गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Rastriya Parichhayapatra
Nepal Oil Neegam

सम्बन्धित लेखहरू

विशेष महाधिवेशनबाट गगन थापा सभापति

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् । सभापतिमा उनको...

खेलकुद विकासका लागि ‘पेसएक्स स्पोटर्स’

काठमाडौँ, १ माघ । नेपाली खेलकुदको दिगो विकासमा योगदान पुर्‍याउने उद्देश्यले ‘पेसएक्स स्पोटर्स’ संस्था संचालनमा आएको छ ।...

युएईमा अध्ययनमा पठाउने भन्दै ठगीको आरोपमा कन्सल्टेन्सीका पाँच सञ्चालक पक्राउ

काठमाडौं, १ माघ । युएईमा अध्ययन गर्न पठाउने भनी रकम उठाएर ठगेको आरोपमा प्रहरीले पाँच जना कन्सल्टेन्सीका सञ्चालकलाई...

बाग्मती प्रदेशको स्वास्थ्य सेवा सुधारका अभियन्ता: स्वास्थ्यमन्त्री किरण थापा

काठमाडौं, २९ पुस । नेपालको संघीय संरचनाअन्तर्गत रहेका सातवटै प्रदेशमध्ये सबैभन्दा जनघनत्वयुक्त, राजधानी केन्द्रित र स्वास्थ्य दृष्टिकोणले चुनौतीपूर्ण...