१२१ वर्षपछि भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा संचालन

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, ५ जेठ । स्थापनाको १२१ वर्षपछि भक्तपुर अस्पतालमा सिटी स्क्यान सेवा संचालनमा आएको छ । सिटी स्क्यान सेवा सुरु भएको अवसरमा आयोजित एक विशेष समारोहमा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले आइतबार१२८ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनको उद्घाटन गरेका छन् ।

सिटी स्क्यानको उद्घाटन गर्दै मन्त्री थापाले भक्तपुर अस्पताल देशकै पुरानो र सम्भावनायुक्त अस्पताल भएको तर विगतमा उपेक्षित भएपनि अहिले भने हामीले आधुनिक सेवा विस्तारको दिशामा ऐतिहासिक कदम चालेको बताएका छन् । “अब भक्तपुरमै अत्याधुनिक सिटी स्क्यान सेवा उपलब्ध छ। यो आम नागरिकका लागि ठूलो राहत हो”, मन्त्री थापाले भने ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सुरेश श्रेठले भक्तपुरमा स्वास्थय क्षेत्रलाई माया गर्ने सबै राजनीतिक दलहरु भएकाले भक्तपुर स्वास्थ्य क्षेत्रको हव बनाउन लाग्नु पर्ने बताए । उनले सचिव मन्त्री सबै भक्तपुरकै भएकाले पनि यो अवसर नचुकाउन आग्रह गरे । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा.सुमित्रा गौतम, प्रदेशसभा सदस्यहरू, विभिन्न राजनीतिक दलका नेता, अस्पतालका चिकित्सक तथा कर्मचारीहरू र भक्तपुर नगरपालिकाको सरकारत्मक भूमिकाले अस्पताल सबल र सक्षम बन्दै गएको बताएका छन् ।

बागमती प्रदेश पूर्वमुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डिपी ढकालले आफू जन्मीएको अस्पताल भएकाले पनि यसको विकासमा सदैव साथ दिने भन्दै आफ्नो साल नालको सम्बन्ध यही अस्पतालमा रहेको चर्चा गरे । कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ९ वडा अध्यक्ष तथा अस्पताल सञ्चालक समितिका सदस्य रविन्द्र ज्याख्वले जनताको सेवा गर्ने थलो राम्रो हुनुपर्ने बताउँदै विगतमा भक्तपुर अस्पताल कस्तो थियो भन्ने कुरा स्मरण गरे । भक्तपुर नगरपालिकाले पनि सकारात्क भूमिका खेलेको बताउँदै वडाध्यक्ष ज्याख्वले भक्तपुर अस्पताललाई राम्रो बनाउन नगरपालिका सकारात्मक रहेको प्रतिक्रिया दिए ।

अस्पतालका कार्यकारी निर्देशक डा. सुरेन्द्रप्रसाद भट्टले सेवा सुरु भएपछि भक्तपुरका बिरामीहरूलाई सुविधा पुग्ने विश्वास व्यक्त गरे। उनले भने, “अब सिटी स्क्यानका लागि बिरामीले राजधानी धाउनु पर्ने छैन। यही अस्पतालमा सहज, सुलभ र गुणस्तरीय सेवा उपलब्ध हुनेछ।” भक्तपुर अस्पतालमा सुरु भएको यो सेवा स्वास्थ्य सेवा विस्तार र पहुँच सुधारतर्फको ऐतिहासिक उपलब्धिको रूपमा हेरिएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

एसिया प्यासिफिक सिटी समिटमा सहभागी हुन मध्यपुर थिमिको टोली जापान प्रस्थान

भक्तपुर, ३० असोज । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ अन्तर्राष्ट्रिय सहर सम्मेलनमा सहभागी हुन आज जापान...

काठमाडौंमा अब पाइने छ बाइक एम्बुलेन्स सेवा

काठमाडौं, ३० असोज । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ। शुक्रबार काठमाडौँ महानगरपालिकाको अनुदान तथा...

सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

भक्तपुर, ३० असोज । सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री किरण...

मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शनको परम्परा पुनरुत्थान गरिँदै

भक्तपुर, ३० असोज । मध्यपुर थिमिमा जीवित देवी कुमारी दर्शन गराउने परम्परालाई पुनरुत्थान गरिने भएको छ। स्थानीय शाक्य,...