काठमाडौंमा एक पुरूषको हत्या आरोपमा ५ जना पक्राउ

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ५ जेठ । काठमाडौंमा एक जना पुरूषको हत्या गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन्। गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीका ३७ वर्षीय बलिन्द्र प्रकाश राईको हत्या गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार वैशाख ३१ गते एक किराना पसलमा बसिरहँदा एक समूहले राईलाई गम्भीर घाइते बनाएर फरार भएको थियो। राईको उपचारको क्रममा मृत्यु भएको थियो। उनको मृत्यु भएपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रामेछाप घर भई गोकर्णेश्वर बस्ने २९ वर्षीय प्रविण तामाङ, सर्लाही बस्ने २३ वर्षीय समिर वाइबा तामाङ, २६ वर्षीय अभिसेक वाइबा तामाङ, सिन्धुपाल्चोकका २९ वर्षीय दिपेन्द्र भुजेल रकाभ्रेका २८ पर्षीय अनुराज तामाङ छन्। उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

बागमतीको मुख्य न्यायाधिवक्तामा शिवराम तिमिल्सिना नियुक्त

मकवानपुर, १५ भदौ । बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा भक्तपुरका अधिवक्ता शिवराम तिमिल्सिना नियुक्त भएका छन् । प्रदेश सरकारको...

एमालेद्वारा बाढीपीडितका लागि १ करोड २० लाख सहयोगको घोषणा

काठमाडौं, १५ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढी, पहिरो र डुबान...

त्रिशूली पुगे ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं, १५ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशूली पुगेका छन् । बाढी प्रभावित...

अत्यावश्यक काम नपरी हेलिकप्टर माग नगर्न प्राधिकरणको अनुरोध

काठमाडौं, १५ भदौ । अत्यावश्यक काम नपरी हेलिकप्टरमार्फत उद्धारको माग नगर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ । आपत्कालीन...