शुक्रबारको हावाहुरीका कारण ४ जनाको मृत्यु, २८ घाइते

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, ३ जेठ । मूलुलभर शुक्रबार आएको भीषण हावाहुरीका कारण ४ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। हावाहुरीका कारण घर र सवारीसाधनमा समेत क्षति पुगेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुनेमा कपिलवस्तुकी १४ वर्षीया शुकना केवट, बाराकी ५४ वर्षीया रम्भा देवी धानुक, नवलपरासी पश्चिमकी ३० वर्षीया मिरा बयम्बु र ४० वर्षीय दुर्गा बहादुर पुन रहेका छन्। प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार हावाहुरीका कारण ६ वटा घर र २ वटा गोठमा पनि क्षति पुगेको थियो। हावाहुरीसहितको वर्षाले पूर्वी नवलपरासीको कावासोतीमा रहेको नवलपुर एफएम १०४.४ मेगाहर्जको टावरमा समेत क्षति पुर्‍याएको थियो। टावर ढलेपछि सो रेडियोको प्रसारण रोकिएको छ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार हावाहुरीले १ अर्ब ८ करोड ४४ लाख ५ सय रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ। शुक्रबार देशभर १८ ठाउँमा आगलागी र ५९ ठाउँमा चट्याङ परेकाले प्रहरीले विपद् घटनाको संकलन गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Dengu Awarness
Dengu Awarness
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कपडाको स्वरूपमा ल्याएको ४ किलो २५८ ग्राम कोकेन सहित २ विदेशी पक्राउ

काठमाडौं, ०४ साउन । लिक्वीट कोकेनलाई सिलिकनमा मिसाई कपडाको आकार स्वरुपमा लागुऔषध कोकिन तस्करी गरेको आरोपमा प्रहरीले दुई...

रुद्रमती नदी सफाइका १२ वर्ष : २ लाख ८७ हजार स्वयमसेवीबाट करिब ७,७६० फोहर संकलन

काठमाडौं, ०४ साउन । बाह्र वर्षदेखि सरसफाइ थालेको रुद्रमती नदीबाट ७ हजार ७६० मेट्रिक टन फोहर संकलन भएको...

भक्तपुरमा छुट्टछुटै स्थानबाट खसेर एकैदिन तीन जनाकाे मृत्यु

भक्तपुर, ०४ साउन । जिल्लामा छुट्टाछुट्टै स्थानबाट खसेर एकैदिन तीन जनाकाे मृत्यु भएकाे छ । सोमबारबार सुर्यविनायक नगरपालिका-८...

काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई स्थायी गृहजिल्ला पठाउने तयारी

काठमाडौं, ०४ साउन । काठमाडौं उपत्यकाका नदी किनारबाट विस्थापित सुकुम्बासीहरूलाई उनीहरूको स्थायी ठेगाना भएकै जिल्लामा व्यवस्थापन गर्ने प्रक्रिया...