दशैंका लागि मध्यम तथा लामो दुरीका सवारीको रुट परमिट खुला

Date:

Share post:

Suryabinayak Nagarpalika

काठमाडौं, २५ असोज । यातायात व्यवस्था विभागले लामो तथा मध्यम दूरीका सवारीसाधनलाई देशभर यात्रु लिएर जान मिल्ने गरी आजदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि १० कात्तिकसम्म रुट परमिट खुला गर्ने निर्णय भएको हो । अब काठमाडौं उपत्यकामा गुडिरहेका सवारीसाधनले जुनसुकै जिल्लामा पनि यात्रु लिएर जान पाउनेछन् ।

चाडबाडमा यातायात आवागमन सहज बनाउन ट्रेलरलगायत ठूला सवारीसाधनलाई घटस्थापनादेखि ८ कात्तिकसम्म नारायणगढदेखि काठमाडौंसम्मको खण्डमा सञ्चालन गर्न रोक लगाउने निर्णय पनि गरिएको विभागका महानिर्देशक राजीव पोखरेलले बताए ।

१५ स्थानमा यात्रु सहायता कक्ष खोलिसकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । नयाँ बसपार्क गेट, बल्खु चोक, फर्पिङ चोक, कलंकी, नागढुंगा चोक, हलचोक, चाबहिल, कोटेश्वर चोक, भीमढुंगा चेकपोस्ट, तीनपिप्ले चोक, टोखा चेकपोस्ट, साँखु बसपार्क, नाङ्लेभारे चेकपोस्ट, जगाती चोक र चापागाउँ चेकपोस्टमा यात्रु सहायता कक्ष खोलिएका छन् ।
दसैंका लागि सवारीसाधनको अग्रिम टिकट बुकिङ भने शुक्रबारदेखि खुला गरिएको छ ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...