सूर्यविनायक नगरस्तरीय धिमे बाजा प्रतियोगिता: वडा नं. १ को नासः धिमे खलः प्रथम

Date:

Share post:

Suryabinayak Nagarpalika

भक्तपुर, २४ असोज । सूर्यविनायक नगरपालिकाद्वारा आयोजित नगरस्तरीय धिमे बाजा प्रतियोगिता-२०८३ मा वडा नं. १ स्थित नासः धिमे खलः प्रथम भएको छ। कूल १३ टोलीको सहभागिता रहेको उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नासः धिमे खलःले नगद ७५ हजार रूपैयाँ सहित प्रथम स्थान हासिल गरेको हो।

प्रतियोगितामा लुनिभा धिमे बाजा खलः द्वितीय हुँदै नगद ५० हजार रूपैयाँ र वडा नं. १० को सिमलटार बाजा खलः तृतीय हुँदै नगद २५ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्न सफल भएको छन्। विजयी टोलीहरूलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कारद्वारा सम्मानित गरिएको छ।

स्थानीय मौलिक संस्कृति, परम्परा र परम्परागत बाजागाजाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाले सो प्रतियोगिता आयोजना गरेको नगरप्रमुख  बासुदेव थापाले जनाएको छ।

Suryabinayak Nagarpalika

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Helio School
Mental Health
Dengu Awarness
Oil nigam
Suryabinayak Nagarpalika

सम्बन्धित लेखहरू

कलंकीमा किशोरको हत्या

काठमाडौं, २८ असोज । कलंकीको खसी बजारमा एक किशोरको हत्या भएको छ । सिन्धुली हरिहरपुर गाउँपालिका-३ का १८...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, २८ असोज । नेपाली बजारमा तीन दिनयता लगातार सुनचाँदीको मूल्य ओरालो लागेको छ । सोमबारदेखि निरन्तर सुनचाँदीको...

दशैंभर काभ्रेमा टिपर सञ्चालनमा रोक

मकवानपुर, २८ असोज । नेपालीहरूको महान् चाड बडादशैंका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाभर असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर...

रसुवा बाढीमा सम्पर्कबिहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन सुरू

काठमाडौं, २७ असोज । भदौ १० को रसुवा बाढी कारण सम्पर्कबिहीन भएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको...