कास्की, २३ असोज । पोखरा महानगरपालिका-२८ कालिकास्थित ओख्लेको भिरमा कालिका इङ्ग्लिस बोर्डिङ स्कुलको ग.२ ख. १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको छ । प्रहरीका अनुसार दुर्घटनाबाट बसमा सवार १९ जनाकै उद्धार गरी अस्पताल पठाइएकोमा उपचारका क्रममा ४ जना बालबालिका सहित ५ जनाको मृत्यु भएको छ भने, १४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको गण्डकी मेडिकल कलेज र ११ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनाबाट १३ वर्षीय अशिम कंडेल, नामथर वतन नखुलेको अन्दाजी १३/१४ वर्षीया बालिका, नामथर वतन नखुलेको १३/१४ वर्षीया बालिका, वर्ष नखुलेको अन्दाजी १२/१३ वर्षीया ममता तिवारी र सोही बसमा सवार(उपचार गर्न भनि लिफ्ट मागेको) पोखरा महानगरपालिका-२८ बस्ने ६५ वर्षीय बाबुराम तिवारीको मृत्यु भएको छ । गण्डकी मेडिकल कलेजमा उपचारत घाइतेहरुमा कास्की पोखरा म.न.पा.२८ सौर्य बस्ने १६ वर्षीया सृष्टि तिवारी(कक्षा १० मा अध्यनरत) अवस्था मध्यम, १६ वर्षीय शिसन थापा मगर(कक्षा १० मा अध्यनरत) अवस्था मध्यम, १६ वर्षीय सौगात तिमिल्सिना(कक्षा १० मा अध्यनरत) अवस्था मध्यम छ । त्यसैगरी, पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान गण्डकी अस्पतालमा उपचारत घाईतेहरुमा कास्की पोखरा म.न.पा. २८ बस्ने १५ वर्षीया अस्मी कँडेल अवस्था गम्भीर,१४ वर्षीया की स्नेहा गौतम अवस्था मध्यम, १३ की सोनिया तिवारी-टाउकोमा चोट अवस्था मध्यम, १३ वर्षीय अंकित पराजुली-टाउकोमा चोट अवस्था मध्यम, मादी गा.पा. १२ बस्ने १५ वर्षीया स्मृती खत्री टाउकोमा चोट अवस्था मध्यम, १६ वर्षीय स्नेहा तिवारी टाउकोमा चोट अवस्था मध्यम, १४ वर्षीय आकृती बुढाथोकीटाउकोमा चोट अवस्था मध्यम, १५ वर्षीया मेरिना तिवारी टाउकोमा चोट अवस्था मध्यम, १४ वर्षीया सुप्रिया आचार्य टाउकोमा चोट अवस्था मध्यम, १६ वर्षीय यमन मगर टाउकोमा चोट अवस्था मध्यम छन् । बस चालक पोखरा-१५ बस्ने ५७ वर्षीय तुल बहादुर गुरुङ पनि घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
उद्धारका क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाही सामान्य घाइते भएका छन् । उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।







