काठमाडौं, २२ असोज । प्रहरीले गोली हानेर लुटपाटमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगर-३२ जडिबुटी पुलमुनी बुधबार साँझ प्रहरीले गोली हानेर <span;>सिन्धुलीको मरिण गाउँपालिका-५ घरभई कलंकी बस्दै आएका २४ वर्षीय आयन माझीलाई पक्राउ गरेको हो।
पक्राउ गर्नेक्रममा प्रहरीमाथि आक्रमण गर्न खोजेपछि दुई राउण्ड हवाई फायर र एउटा घुडा मुनी गोली हानिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनले विभिन्न मितिमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी, हातहतियार देखाई सुनका गरगहना खोस्ने तथा लुटपाट गर्ने गरेको खुलेको छ। उनीसँगै अन्यको खोजी गर्दा प्रहरीले अन्य दुई जनलाई पनि पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका-७ का ३६ वर्षीय मनोज कुमार मोक्तान र वडा नम्बर ५ का ३४ वर्षीय राकेश थिङ रहेका छन्। प्रहरीकाअनुसार माझिमाथि यसअघि नै २७ वटा मुद्दा रहेको थियो।







